back
CTIZAN AD

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

वि.सं.२०८३ जेठ १८ सोमवार

879 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न देशमा कार्यरत नेपालीहरुले दक्षिण अफ्रिकाास्थित नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णयमा तत्काल पुर्नविचार गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराईले दक्षिण अफ्रिकाका सम्पूर्ण नेपालीका तर्फबाट परराष्ट्र मन्त्री खनाललाई खुला पत्र लेखेका छन् ।
यस्तो छ पत्र

मितिः ३१ मे, २०२६

श्री शिशिर खनालज्यू
माननीय परराष्ट्र मन्त्री
नेपाल सरकार
सिंहदरबार, काठमाडौँ, नेपाल

विषयः दक्षिण अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने हालैको निर्णयमाथि तत्काल पुनर्विचार गर्न अनुरोध।

माननीय मन्त्रीज्यू,
सक्रिय आर्थिक कूटनीतिको मार्गचित्र अनुरूप नवगठित सरकार र यहाँको ध्यानाकर्षण गराउन म यो खुला पत्र लेख्दैछु । हालै नेपाल सरकारले दक्षिण अफ्रिका (र ब्राजिल) मा रहेका नेपाली दूतावासहरू बन्द गर्ने भनी गरेको निर्णयले विश्वमञ्चमा नेपालको कूटनीतिक उपस्थितिलाई कमजोर बनाउने र विदेशमा रहेका नेपाली नागरिकहरूको हितमा गम्भीर असर पार्ने देखिन्छ ।

वित्तीय दृष्टिकोणबाट वैदेशिक नियोगहरूको समीक्षा र सुदृढीकरण गर्ने मन्त्रालयको कदम स्वाभाविक लागे पनि, अफ्रिका महादेशकै सबैभन्दा प्रमुख र संवाहक राष्ट्रबाट हाम्रो मुख्य कूटनीतिक उपस्थिति पूर्ण रूपमा हटाउनु रणनीतिक रूपमा ठूलो भूल हुनेछ । यदि सरकारले साना वाणिज्य दूतावासहरू (Consulates) हटाउन वा पुनर्संरचना गर्न आवश्यक ठाने पनि, दक्षिण अफ्रिकामा रहेको मुख्य दूतावास (Embassy) लाई भने यथावत् राखिनुपर्छ ।

हामी माननीय मन्त्रीज्यूको नेतृत्व समक्ष निम्न महत्वपूर्ण तथ्यहरूका आधारमा यस निर्णयमाथि पुनर्विचार गर्न हार्दिक अनुरोध गर्दछौँः
१. दक्षिण अफ्रिकाको विश्वव्यापी र क्षेत्रीय गरिमा दक्षिण अफ्रिका केवल एउटा द्विपक्षीय साझेदार मात्र होइन; यो अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र, औद्योगिक केन्द्र र अन्तर्राष्ट्रिय कानुन एवं विश्व व्यवस्थाको प्रखर वकालत गर्ने राष्ट्र हो ।

विश्वव्यापी नेतृत्वः यो अफ्रिका महादेशकै पहिलो न्२० सदस्य राष्ट्र हो र हाल यसले BRICS, असंलग्न आन्दोलन (NAM), र अफ्रिकी युनियन (जी–२०) सुरक्षा परिषद्मा प्रभावशाली भूमिका निर्वाह गरिरहेको छ। यो ’ग्लोबल साउथ’ को स्थापित नेता र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को तीन पटकसम्म अस्थायी सदस्य बनिसकेको राष्ट्र हो ।

अफ्रिकाको प्रवेशद्वारः अमेरिका, क्यानडा, जर्मनी, चीन, भारत, दक्षिण कोरिया र जापानका ठूला विश्वव्यापी कम्पनीहरूले दक्षिण अफ्रिकालाई नै सिङ्गो अफ्रिका महादेशमा व्यापार गर्ने प्रमुख वित्तीय र रणनीतिक प्रवेशद्वार बनाएका छन्। यसका साथै डर्बन (Durban) शहर अफ्रिका महादेशकै सबैभन्दा ठूलो बन्दरगाह र व्यापारिक केन्द्र हो, जसले भविष्यमा नेपालको व्यापार विस्तारका लागि ठूलो महत्व राख्छ ।

२. क्षेत्रीय कूटनीतिक अभ्यास (दक्षिण एसियाली छिमेकीहरू)
अफ्रिकासँग बलियो सम्बन्ध स्थापित गर्न प्रिटोरिया (एचभतयचष्ब) मा स्थायी कूटनीतिक उपस्थिति अनिवार्य छ भन्ने कुरा हाम्रा दक्षिण एसियाली छिमेकीहरूले राम्रोसँग बुझेका छन्। हाल दक्षिण अफ्रिकामा १३६ देशका दूतावास र ७० वटा वाणिज्य दूतावासहरू क्रियाशील छन्।
• भारतको यहाँ विशाल कूटनीतिक उपस्थिति छ।

• श्रीलंकाको यहाँ आफ्नै ८ वटा सरकारी जग्गा/सम्पत्ति सहितको ’हाई कमिसन’ छ।

• बङ्गलादेशको ५ वटा सरकारी सम्पत्ति सहितको ’हाई कमिसन’ सञ्चालनमा छ।

यस्तो अवस्थामा नियोग पुनर्संरचनाको नाममा नेपालले आफ्नो कूटनीतिक झण्डा पूर्ण रूपमा हटाउनुले हामीलाई हाम्रा छिमेकीहरू भन्दा पछि पार्नेछ ।

३. नेपाली डायस्पोरा र दक्ष जनशक्तिको सुरक्षा
दक्षिण अफ्रिका सबै जातजाति र धर्मलाई सम्मान गर्ने एक बहुसांस्कृतिक (Rainbow Nation) मुलुक हो। यहाँ नेपाली मूलका प्रतिष्ठित नागरिक, दक्ष जनशक्ति र श्रमिकहरू लामो समयदेखि बसोबास गर्दै आएका छन्, जसको सुरक्षा र प्रशासनिक कामका लागि स्थानीय दूतावास अपरिहार्य छ ।

•ऐतिहासिक योगदानः सन् १९७९ देखि नै ३५ जना भन्दा बढी उच्च सम्मानित नेपाली चिकित्सकहरू (Doctors) र अन्य पेशागत नेपाली परिवारहरू यहाँ स्थायी रूपमा बसोबास गर्दै नेपालको प्रतिष्ठा बढाउने काम गरिरहेका छन्।

• श्रमिक र विद्यार्थीको भविष्यः हाल दक्षिण अफ्रिकामा विभिन्न क्षेत्र र कानुनी हैसियतमा करिब २,००० देखि २,५०० नेपाली नागरिकहरू कार्यरत छन्, जसलाई निरन्तर कूटनीतिक संरक्षणको आवश्यकता पर्दछ। यसका साथै, यहाँका एभिएसन एकेडेमीहरूमा हाल करिब १५० जना नेपाली विद्यार्थीहरू ’पाइलट कोर्स’ को तालिम लिइरहेका छन्। दूतावास नहुने हो भने कुनै पनि कानुनी वा व्यक्तिगत संकटको समयमा यी विद्यार्थी र श्रमिकहरू पूर्ण रूपमा अभिभावकविहीन हुनेछन्।

४. सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना
दक्षिण अफ्रिकामा करिब ६ देखि ७ लाखको संख्यामा रैथाने हिन्दू समुदायको बसोबास छ। यसले नेपालको धार्मिक पर्यटन (लुम्बिनी, पशुपतिनाथ आदि) प्रवद्र्धनका लागि एउटा अभूतपूर्व र ठूलो बजार प्रदान गर्दछ। साथै, दक्षिण अफ्रिकाका करिब ५० जना नागरिकले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्, जसले त्यहाँ नेपालको पर्यटनका लागि ’ब्राण्ड एम्बेसेडर’ को रूपमा काम गरिरहेका छन्।

माननीय मन्त्रीज्यू, यहाँको सार्वजनिक नीति (Public Policy) सम्बन्धी उच्च प्राज्ञिक पृष्ठभूमि र तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा नेपालको परराष्ट्र नीतिलाई आधुनिक र व्यावहारिक बनाउने प्रतिबद्धता सर्वविदितै छ। साँचो कूटनीति भनेको संकटमा पछि हट्नु होइन, बरु सम्भावना भएका ठाउँमा सक्रियता बढाउनु हो। दक्षिण अफ्रिकाको दूतावास बन्द गर्दा नेपाल विश्वकै सबैभन्दा तीव्र गतिमा उदीयमान आर्थिक क्षेत्रबाट अलगिनेछ र आफ्नै नागरिकहरूलाई अलपत्र छोडेको सन्देश जानेछ।

अतः हामी माननीय मन्त्रीज्यू समक्ष प्रिटोरियास्थित नेपाली दूतावास बन्द गर्ने निर्णयलाई तत्काल स्थगित गरी, त्यहाँका सरोकारवाला र नेपाली डायस्पोरासँग संवाद अगाडि बढाउन र उक्त नियोगलाई आर्थिक, पर्यटकीय एवं शैक्षिक कूटनीति परिचालन गर्ने केन्द्रका रूपमा रूपान्तरण गर्न हार्दिक अपिल गर्दछौँ ।

भवदीय,

अफ्रिकामा रहेका समस्त नेपाली डायस्पोरा, बुद्धिजीवी, नागरिक समाज तथा नेपालका शुभचिन्तकहरूको तर्फबाट

डा. पुष्पराज भट्टराई
अध्यक्ष , एनआरएनए  दक्षिण अफ्रिका

वि.सं.२०८३ जेठ १८ सोमवार १९:३९ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...