back
CTIZAN AD

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

वि.सं.२०८३ जेठ १७ आइतवार

417 

shares

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखद पूर्ण रहेको बताइएको छ ।

गैरआवासीय नेपाली अभियन्ता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वकोषाध्यक्ष हिक्मत थापाले सरकारले बजेट मन्तव्यमार्फत दक्षिण अफ्रिका र ब्राजिलमा रहेका नेपाली दूतावास बन्द गर्ने भनेर गरेको निर्णय दुःखदपूर्ण भएको बताएका हुन् ।

थापाले ती दूतावासलाई दक्षिण–दक्षिण व्यापार, लगानी, व्यापार र आर्थिक अवसर सिर्जनाका आधार बनाउन सकिए नेपालको समृद्धिलाई टेवा पुग्ने सुझाव समेत दिएका छन् ।

दूतावास ब्यय केन्द्र मात्र हैन आयको अवसरको रुपमा लान सकिने र अबको समयमा दूतावासले आर्थिक कुटनीतिमा बढी केन्द्रित हुनुपर्नेमा समेत थापाले सुझाव दिएका छन् ।

‘आर्थिक समृद्धि द्रुत गतिमा बढेका र भविष्यका आर्थिक केन्द्र बनिरहेका दक्षिण अफ्रिका र ब्राजिल जो आफै बिशाल अफ्रिका र दक्षिण अमेरिका महादेशका आर्थिक केन्द्र समेत हुन,’ उनले भनेका छन्, ‘अफ्रिका र दक्षिण अमेरिका जहाँ नेपाली डायस्पोरा पनि बढदो क्रममा छ र स्थापित हुँदैछ । जसका समस्या अझै पनि नेपाल राज्यको पहुँच बाहिरै छन् ।’

थापाले अफ्रिकाका गैरआवासीय नेपालीहरुले राज्यको उपस्थिति अझ धेरै आवश्यक रहेको महशुस गरिरहेको र थप उपस्थितिको माग राख्दै आएको अवस्थामा दूतावासहरु बन्द हुनु झन दुःखदपूर्ण कुरा रहेको बताएका छन् ।

‘सरकारले ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई नेपालको दक्षिण– दक्षिण सम्बन्ध, नयाँ विश्वशक्तिको रुपमा स्थापित हुँदै गरेको द्यच्क्ष्ऋक् संगको सहकार्य, दोहोरो व्यापार, प्रविधी र लगानीका लागि बृहद संभावनातिर केन्द्रित भई अगाडि बढने अपेक्षा नेपाल सरकार संग राख्दै निर्णय पुनः बिचार गर्न अनुरोध गर्दछु ।’ थापाले भनेका छन् ।

वि.सं.२०८३ जेठ १७ आइतवार ०७:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...