back
CTIZAN AD

पूर्वसचिव पत्नी कार्कीको हत्यामा कामदारकै संलग्नता

वि.सं.२०७६ माघ २७ सोमवार

969 

shares

२७ माघ, काठमाण्डौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कुँवरको हत्यामा उनकै कामदार संलग्न रहेको सिसिटिभी फुटेजमा देखिएको छ ।

ललितपुर प्रहरी परिसर जावलाखेलबाट अनुसन्धानका लागि एसएसपी टेक प्रसाद राईको नेतृत्वमा गएको टोलीले अनुसन्धानका क्रममा सिसिटीभी फुटेज हेरेर हत्यामा कामदार नै संलग्न रहेको निष्कर्ष निकालेको बताइएको छ ।

कार्की निवासमा सानैदेखि कामगर्न बसेका बिजय चौधरीले बिहानको नौ बजे कार्कीलाई घाँटीमा समातेर घिर्सादै लगेको तथा आक्रमण गरेको भान्साको नजिकै रहेको सिसिटीभि फुटेजमा देखिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । कार्कीको हत्यापछि आफूपनि झुण्डिएको अवस्थामा मृत फेला परेका चौधरीले के कारणले यस्तो गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको समयमा पुर्वसचिव कार्कीले आफू पशुपति गएको र फर्किएर आउँदा श्रीमतीलाई अचेत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको गरेको बताएका छन् ।

ललितपुरको सानेपास्थित आफ्नै निवासमा अचेत भेटिएकी मुना कुँवरलाई तत्कालै स्टार अस्पताल लगिएपनि उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

वि.सं.२०७६ माघ २७ सोमवार १८:१५ मा प्रकाशित

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु...