back
CTIZAN AD

‘लालीबजार’ प्रदर्शनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

1.2K 

shares

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताए ।

उनले भने, “हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।”

चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गरेका छन् ।

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताए । “यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ”, उनले भने ।

उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १०:४२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...