back
CTIZAN AD

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वि.सं.२०८२ माघ २ शुक्रवार

684 

shares

वीरगञ्ज (पर्सा) । जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् ।

निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिनुभयो । यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र १५३ जना महिलाको आवेदन परेको उनले बताए ।

यस्तै, गरी पूर्वसुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए । सशस्त्र प्रहरीतर्फ माघ ३ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।

यसैगरी रौतहट जिल्लामा आह्वान गरिएको निर्वाचन प्रहरीमा नेपाल प्रहरी र सशस्त्रतर्फ गरेर छ हजार ७३६ जनाको आवेदन परेको छ । जसमा पाँच हजार ३४८ जना पुरुष र ९३६ जना महिलाको आवेदन परेको छ । रौतहटमा नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग गरिएको थियो ।

वि.सं.२०८२ माघ २ शुक्रवार ११:४५ मा प्रकाशित

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...