back
CTIZAN AD

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार

2.7K 

shares

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान सहभागिता, सहकार्य र हाम्रो दायित्व” विषयक एक अन्तरक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद नर्वेको मीटिंग हलमा  जनवरी ५ का दिन  सम्पन्न कार्यक्रममा एनआरएनए, एनसीसी नर्वे, नेपाली जनप्रगतिशील मञ्च नर्वे, राष्ट्रिय लोक गीत प्रतिष्ठान नर्वे, राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग, माँगफोल्ड नेपाल नोर्गे (एमएएनए) लगायतका संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।

सो कार्यक्रममा आयोजक प्रतिनिधि समेत केही संस्थाका प्रतिनिधि अनलाइनमार्फÞत सहभागी रहेका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य नर्वेमा रहेका नेपाली संघसंस्थाबीच आपसी भाई चाराको सम्बंधलाई थप मजबूत बनाउँदै समन्वय, र प्रवासी समुदायप्रतिको साझा धारणा र दायित्व बारेको छलफल रहेको थियो ।

सहभागी संस्थाहरुले विभिन्न ६ वटा साझा एजेण्डामा व्यापक छलफल गरेका थिए । जसमा अधिकांश वक्ताले समान धारणाको साथ आगामी दिनमा बार्षिक कार्य तालिका अनुसार हुने गरेका सस्थाका कार्यक्रमलाई भाइचाराको सम्बन्ध कायम गर्दै साझा एजेण्डाको रूपमा संस्थाको बिकास गरौ भन्ने समान धारणाको प्रसंसा गरेका थिए ।

अनलाइनमार्फÞत मानफÞोल्ड नेपाल नर्वेका राजेन्द्र अधिकारीले यो एक स्वयंसेवक संस्था रहेको र बिश्वको सांस्कृतिक समुदायसंग नेपाली कला साहित्य संस्कृतिलाइ जोडेर नेपाल चिनाउने कार्य निरन्तर रुपमा बिभिन्न दातृ संस्थाहरुसँग दौत्य सम्बन्ध कायम गरेको बारे उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्ध जनाए ।

नेपाली पोर्चुगिज समाज (नेपोस) का उपाध्यक्ष महेन्द्र खड़काले कार्यक्रमको महत्वलाई जोड दिँदै भने, “विभिन्न संघ संस्थाको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नर्वेको नेपाली समुदायको सक्रिय सहभागितामा साझा एजेण्डाको रुपमा सहकार्य कार्यक्रम गर्नु अत्यान्तै सराहनीय छ यस अवस्थामा कुनै एक यूरोप स्तरीय लोकप्रिय कार्य क्रमको आयोजना गरी यूरोप स्तरीय प्रतियोगिताको आयोजना गर्न सकीने धारणाप्रति सबैको सहमत जनाए ।
एन.आरएनए नर्बेकी अध्यक्ष श्रदासिंह थापाले सामाजिक संस्थाका आ–आफना विधि बिधान अलग भएता पनि साझा राष्ट्रिय पर्व जो जसले आयोजना गरेता पनि साझा दृष्टि, धारणाबाट दिगो र भाईचारा सम्बन्धको बलियो आधार भएको बताइन् ।

अन्त्यमा आयोजक नेपोसको तर्फÞबाट अध्यक्ष प्रेम परियारले सहभागी सम्पूर्ण प्रतिनिधि तथा संघसंस्थाप्रति नयावर्षको शुभकामना सहित विशेष धन्यबाद दिएका थिए ।

कार्यक्रम संचालनको क्रममा महासचिब पर्बता पन्थी गैरेले यस्ता अन्तरक्रिया र आपसी छलफल र आपसी समझदारीमार्फÞत अघि बढ़न आग्रह गरे । सहभागी संघ संस्थाका प्रतिनिधिले भाईचाराको सम्बन्ध र साझा जिम्मेवारीको पहिचान गरी अझ मजबुत बनाउने निष्कर्ष निकालेका छन् ।

वि.सं.२०८२ पुस २३ बुधवार १६:०१ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...