back
CTIZAN AD

भेनेजूएलामाथिको आक्रमण, अमेरिकी लोकतन्त्रकै धज्जी – बुद्धिजीवी संगठन

वि.सं.२०८२ पुस २० आइतवार

3.7K 

shares

काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनले भेनेजूएलामाथिको आक्रमणलाई अमेरिकी लोकतन्त्रकै धज्जी भनेको छ ।

संगठनको वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीद्वारा जारी विज्ञप्तिमा संयूक्त राज्य अमेरीकाद्धारा गणतन्त्र भेनेजूएलामाथि ३ जनवरी २०२६ (१९ पौष २०८२) मा गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलास मादुरोमाथि गरेको आक्रमण अमेरिकी लोकतन्त्रकै धज्जी भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ :–
संयूक्त राज्य अमेरीकाद्धारा गणतन्त्र भेनेजूएलामाथि ३ जनवरी २०२६ (१९ पौष २०८२) मा गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलास मादुरोमाथि गरेको ज्यादतीप्रति नेपाल बुद्धिजीवी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरीकाको यो कारवाहि कथित अमेरिकी लोकतन्त्रकै धज्जी, विश्व शान्तिका आधारभूत मान्यताको बर्खिलाप तथा संयूक्त राष्ट्रसंघको बडापत्रमाथिको ठाडो दादागिरी हो ।

गणतन्त्र भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको आक्रमणबाट विश्वभरका न्यायप्रेमी जनसमुदायलाई चिन्ता थपेको छ । प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउने कुत्सियतका साथ भएको अमेरीकी आक्रमणपछि विश्व समुदाय र संसारभरबाट भेनेजूएलाको अवस्थाबारे भावपुर्ण चासो बढेको छ । विचलीत नभैकन नांगो आक्रमणको धैर्यतापूर्वक सामना गर्ने र बाह्य हस्तक्षेपविरुद्ध दृढतापुर्वक लाग्ने भेनेजुएली जनता तथा आक्रमणविरुद्ध प्रदर्शन गर्ने अमेरीका लगायत बिश्वभरका जनताप्रति हाम्रो संगठन ऐक्यबद्धता जाहेर गर्दछ ।

राष्ट्रहरुबिचको समानान्तर सह–अस्तित्वलाई स्विकार्दै भेनेजुएली जनताको सार्वभौमिकताको सम्मान गर्न, आक्रमणबाट भएको महागल्ती सच्याउन, सैन्य हस्तक्षेप रोक्न, अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको सम्मान गर्दै अपहरित राष्ट्रपति मादुरो र उहाँकी पत्नी सिसिलीया फ्लोरेसको रिहा गर्दै अराजकता नियन्त्रण गर्न अमेरीकालाई आग्रह गर्दछौं । साथै मानव सभ्यता विरोधि नांगो आक्रमण रोक्ने वातावरणका लागि अविलम्ब पहल गर्न सयुक्त राष्ट्रसंघ र विश्व समुदाय समक्ष अपिल गर्दछौं ।

वि.सं.२०८२ पुस २० आइतवार १९:५८ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...