back
CTIZAN AD

भेनेजुएलामा अमेरिकी हस्तक्षेप: नेपालका विभिन्न संगठनकाे आपत्ति, न्यायपूर्ण छानबिनको माग

वि.सं.२०८२ पुस २० आइतवार

1.1K 

shares

काठमाडाैँ ।  जनवरी ३ मा भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप भएको खबर आएको छ। स्थानीय र अन्तर्राष्ट्रिय स्रोतहरूले जनाए अनुसार, अमेरिकी सेनाले केही क्षेत्रमा हवाई कारबाही गरेको र राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नीलाई अपहरण गरेर अमेरिका लगेको रिपोर्ट प्राप्त भएको छ। अमेरिकी पक्षले यस घटनाबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन्। घटनाले विश्वव्यापी शान्ति, अन्तर्राष्ट्रिय कानून र मानव अधिकारमा गम्भीर चुनौती प्रस्तुत गरेको बताइएको छ।

यस घटनाप्रति विभिन्न अन्तर्राष्ट्रिय संगठन र नेपाली प्रतिनिधिहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन्। विश्व ट्रेड युनियन महासङ्घ (WFTU) ले यसलाई “अस्वीकार्य र अभूतपूर्व हस्तक्षेप” ठहराउँदै भेनेजुएलाका जनताको आत्मनिर्णय अधिकारको संरक्षणको लागि स्पष्ट समर्थन व्यक्त गरेको छ। WFTU ले यस घटनालाई अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको उदाहरण भएको उल्लेख गर्दै, विश्वभरका ट्रेड युनियनहरूलाई एकताबद्ध भएर भेनेजुएलालाई समर्थन गर्न आह्वान गरेको छ।

नेपालबाट आएका प्रतिनिधिहरू पनि यस घटनालाई अमेरिकी साम्राज्यवादको चरित्रको स्पष्ट प्रमाण भएको बताएका छन्। पेसागत महासङ्घ नेपाल र प्रेसिडेन्सियल काउन्सिलका सदस्य प्रेमलकुमार खनालले संयुक्त राष्ट्रसंघमा हस्तक्षेप रोक्न र अपहरित राष्ट्रपतिको सकुशल रिहाइका लागि तत्काल पहल आवश्यक रहेकोमा जोड दिएका छन्।

साथै, नेपाली कम्युनिष्ट पार्टी निकट युवाहरूले पनि अमेरिकी हस्तक्षेपलाई घोर भत्र्सना गर्दै अन्तर्राष्ट्रिय समुदायलाई निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही अघि बढाउन आग्रह गरेका छन्। उनका अनुसार, यस्ता एकपक्षीय र आक्रामक गतिविधिले संयुक्त राष्ट्र संघको वडापत्र, राष्ट्रहरूको समानान्तर सहअस्तित्व र पञ्चशीलको सिद्धान्त उल्लङ्घन गर्ने मात्र नभई, विश्वशान्ति र मानव अधिकारमा पनि गम्भीर खतरा उत्पन्न गर्छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि भेनेजुएलामा जारी यो आक्रमणले अन्तर्राष्ट्रिय सुरक्षा, तेल र खनिज स्रोतको नियन्त्रण, र क्षेत्रीय राजनीतिक स्थायित्वमा गहिरो प्रभाव पार्न सक्छ। अमेरिकी सैन्य कारबाहीलाई “साम्राज्यवादी आक्रमण” भन्ने शीर्षकले चिनिएको छ, र यसले विश्वव्यापी रूपमा नयाँ युद्ध मोर्चा खोल्ने सम्भावनालाई संकेत गरेको छ।

यसैबीच, भेनेजुएलाका नागरिक र स्थानीय स्रोतहरूले पनि अमेरिकी कारबाहीका कारण सामान्य जनजीवनमा असर परेको र सार्वजनिक सुरक्षा चुनौतीपूर्ण बनेको बताएका छन्। विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूले अमेरिकी हस्तक्षेप विरुद्ध ऐक्यबद्धता देखाउँदै, उत्पीडित राष्ट्रहरूको पक्षमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हालसम्म अमेरिकी र भेनेजुएलाका आधिकारिक निकायले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। तर विश्व समुदायले घटनामा ध्यान दिनु आवश्यक रहेको, छानबिन गर्नु पर्ने र अन्तर्राष्ट्रिय कानूनअनुसार दोषीमाथि कारबाही गर्नु पर्नेमा जोर दिइएको छ।

यस घटनाले विश्व राजनीतिमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय कानूनको पालना जस्ता जटिल मुद्दाहरू पुनः चर्चा योग्य बनाएको छ। आगामी दिनमा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय निकायहरूले यस घटनामा के कदम चाल्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय स्थायित्वमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

 

वि.सं.२०८२ पुस २० आइतवार १६:५० मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...