back
CTIZAN AD

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

वि.सं.२०८२ पुस २० आइतवार

1.5K 

shares

 

गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार शैलिले आक्रमण गरि अमेरिकाले राष्ट्रपती निकोलास मुदुरो र उनकी पत्नि शिलिया फ्लोरेस दे मदुरालाई अपहरण शैलीमा गिरफ्तार गरेको छ ।
उनलाई अमेरिकाले उसकै शब्दमा गिरफ्तार गरेर अमेरिकाको न्यूयोर्कको जेलमा राखिएको छ । मुदुरोलाई नियन्त्रणमा लिन अमेरिकाले विगत लामो समयादेखि प्रयास गरेको देखिन्छ । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करीको नेतृत्व गरेको आरोप लगाएका छन् ।

हुन त अमेरिकाले इराक, लिबिया, अफगानिस्तान इरानलगायतका देशहरु माथि जति पनि आरोपहरु लागाएको छ । त्यसको पुष्टि भने गर्न सकेको छैन । अफगानस्तानबाट त उसले घुमाउरो ढंगले हार स्विकार गरेर फर्किसकेको छ । भलै उसले अलकाइदाका नेता ओसामा विन लादेनलाई भने हत्या नै गर्यो ।

ल्याटिन अमेरिकी देशहरु क्यूवा भेनेजुएला लगाएतका देशहरुमा उसले लामो समयदेखि विभिन्न प्रतिबन्धहरु लगाउँदै आएको छ । तर, ती देशरुमा पछिल्ला केहि दशकहरुमा भौतिक रुपले हमला भने गरेको थिएन । उसले अन्य एसियाली, र अफ्रिकी देशहरुलाई भने भौतिक रुपले नै निशाना बनाउँदै आएको छ ।

अमेरिकाले एकताका अरब जगतको स्वर्ग उपमा पाएको इराक ध्वस्त बनाएको मात्रै छैन,सिङ्गै अफ्रिकी माहादेशमा भएको बहुमुल्य धातुका खानिहरु सबै कब्जा गरेर त्यहाँका मानिसहरुलाई मगन्ते बनाएको छ । अफ्रिकी महदेशको लिबियालाई खण्डहर बनाएर त्याहाँको खनिज तेल कब्जा गरेको छ ।

अमेरिका मात्र यस्तो देश हो जसले अहिले विश्वका ७० भन्दा बढी देशहरुमा आफ्नो सैन्य उपस्थिति कायम राखेको छ । त्यस्तै उसले प्रायः सबै समुद्रि तटहरुमा पनि आफ्नो सैन्य उपस्थिती कायम राखेको छ । उसले आफू विरुद्ध बोल्ने देशहरुलाई प्राय आफ्नो निशाना बनाएको देखिन्छ ।

त्यस्तै उसले महत्वपूर्ण खनिज तथा तेलभण्डारण भएका ठाउँहरुमा निशाना बनाएको देखिन्छ । उसले गर्ने गतिविधिलाई भने उसले जहिल्यै प्रजातन्त्रको दुहाई दिइरहेको छ । त्यस्तै उसले क्युबा, भेनेजुएला, निकारागुवा, हैटी जस्ता क्यारेबियन देशहरूलाई नाकाबन्दि लगाइरहेको छ । त्यसैको पछिल्लो श्रृखलाको रुपमा भेनेजुएलाका राष्ट्रपती निकोलास मदुरोलाई राजधानी काराकासबाटै अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

ल्याटिन अमेरिकी देश भेनेजुएलामा ठूलो तेलको भण्डार रहेको मानिछ । त्यस्तै यो देशमा बहुमुल्य खनिजहरु रहेको मानिन्छ । सैन्य विद्रह मार्फत सत्तामा आएका तत्कालि राष्ट्रपती ह्युगो चाभेजले आफ्नो देशमा रहेका तेलभन्डरहरुमा भएको अमेरिकी नियन्त्रणबाट राष्ट्रलाई मुक्त गरे । असफल सैन्य विद्रोहपछि सन् १९९८ मा राष्ट्रपती निर्वाचित भएका चाभेजले सन् २००६ को सेप्टेम्बर २० मा संयुक्त राष्ट्र संघको माहसभामा अमेरिकाका तत्कालि राष्ट्रपती जर्ज डब्लु बुसलाई सैतानको संज्ञा दिएका थिए । यस्तो हिम्मत भएको नेताको उत्तराधिकारीलाई लामो समय देखिको निगरानीमा सुरक्षित मानिएको निवासबाटै अमेरीकाले उठाएर लगेको विषय चाहिं वास्तव मै सोचनीय छ ।

अमेरीकाको पछिल्लो कदमले विश्वभर तरंग छाएको छ । कतिपय आक्रोशित भएका छन् । स्वयम् अमेरिका भित्रै यसको विरोध भएको छ । राजधानी काराकासमा मुदुरोको समर्थनमा ठूलो र्यालि निस्कीएको छ । संसारभरि विभिन्न प्रतित्रियाहरु आएका छन् तर, यस्ताकूराले ट्रम्प प्रशासित अमेरिकाको भने रौं पनि हल्लिने देखिंदैन जुन यस अघि पनि भैरहेको थियो ।

वि.सं.२०८२ पुस २० आइतवार २०:०२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...