back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस २१ सोमवार

750 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामकाजमा गति आउने दिन हो । आत्मविश्वास बढ्नेछ । अड्किएका काममा सहकर्मी वा परिवारको सहयोग मिल्न सक्छ । निर्णय गर्दा आवेगभन्दा विवेक अपनाउनु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा सामान्य सुधार देखिन्छ । खर्च बढ्न सक्ने भएकाले योजनाबद्ध रूपमा अघि बढ्नु उपयुक्त हुन्छ । पारिवारिक वातावरण सहयोगी रहनेछ । स्वास्थ्यमा खानपानमा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भेटघाट र संवादबाट फाइदा मिल्ने संकेत छन् । नयाँ सूचना वा प्रस्तावले मन उत्साहित बनाउनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । हतारमा बोल्दा विवाद हुन सक्छ, संयम अपनाउनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्ने दिन हो । मन भावनात्मक भए पनि सन्तुलन कायम रहनेछ । कामकाजमा सामान्य प्रगति देखिन्छ । आरामलाई बेवास्ता नगर्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने अवसर मिल्नेछ । प्रशंसा र सम्मान पाउने योग छ । आत्मसम्मान बढ्नेछ । नम्र व्यवहारले सम्बन्ध अझ मजबुत बनाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । आज गरेको मेहनतको फल निकट भविष्यमा प्राप्त हुने संकेत छन् । योजना निर्माण र अध्ययनमा मन जानेछ । स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य तथा पारिवारिक जीवनमा खुला संवाद लाभदायी हुनेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर रहन सक्छ । गोप्य कुरामा सतर्कता अपनाउनु उपयुक्त हुन्छ । धैर्य राख्दा परिस्थिति क्रमशः अनुकूल बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ । भविष्यका योजनामा ध्यान दिनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी बढ्ने दिन हो । परिश्रमको कदर हुनेछ । कार्यक्षेत्रमा स्थिरता देखिन्छ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । विवेक र धैर्य अपनाउनु राम्रो हुन्छ ।

२०८२ पौष २१ गते, सोमबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस २१ सोमवार ०७:४१ मा प्रकाशित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय...

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...