back
CTIZAN AD

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

वि.सं.२०८३ साउन १७ आइतवार

198 

shares

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता, नेतृत्व शैली, नीति निर्माण तथा आगामी राजनीतिक रणनीतिलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच मतभेद गहिरिँदै गएको बेला एउटा समूह दुवै पक्षलाई जोड्ने पक्षमा अघि बढेको छ ।

नेपाली कांग्रेसभित्र बढ्दो मतभेद, अविश्वास र गुटगत ध्रुवीकरणले पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै पूर्व केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभाका सांसद रञ्जित कर्णको अगुवाइमा ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरिएको छ। अभियानले पार्टीलाई विभाजनको जोखिमबाट जोगाउँदै संवाद, सहमति र संगठनात्मक एकतालाई सुदृढ बनाउन साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने घोषणा गरेको हो।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सो समूहले साउन २० गते बिहान ११ बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेला आयोजना हुने जनाएको हाे । भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र तथा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएकाे छ। अभियानले यो भेलालाई कांग्रेसभित्र संवाद, आत्मसमीक्षा र एकताको नयाँ सुरुआतका रूपमा लिएको सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिमा जनाएको छ।

अभियानका अनुसार कांग्रेसको एकता कुनै गुट वा नेताको स्वार्थसँग मात्र सम्बन्धित विषय नभई संविधान, लोकतन्त्र, राष्ट्रिय स्थायित्व र जनविश्वाससँग जोडिएको राष्ट्रिय दायित्व हो। त्यसैले पार्टीभित्रका सबै पक्षले संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याइएको छ।

नेपाली काँग्रेस कमजोर भयो भने लोकतान्त्रिक शक्तिहरु पनि कमजोर हुने र प्रतिगामी शत्तिहरु हावी हुने ठहर गर्दै अभियानले विज्ञप्तिमा भनेको छ, “जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू कमजोर बन्छन् र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण सिर्जना हुन्छ।”

विज्ञप्तिमा मुलुकको समग्र राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेसका विभिन्न जिल्लासम्म फैलिँदा पनि सरकारले प्रभावकारी रूपमा परिस्थितिलाई नियन्त्रण गर्न नसकेको आरोप अभियानले लगाएको छ।

त्यस्तै, आर्थिक मन्दी, बढ्दो बेरोजगारी, युवा जनशक्तिको विदेश पलायन, सुशासनको संकट र विकास निर्माणमा आएको सुस्तताजस्ता चुनौतीका बीच जनताको आवाज उठाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिएको भन्दै अभियानले असन्तुष्टि जनाएको छ।

पत्रकार सम्मेलनमा नेता नैनसिंह महर र रञ्जित कर्णले अभियान कुनै व्यक्ति, गुट, पद वा भावी नेतृत्वको पक्षमा केन्द्रित नभएको स्पष्ट पारे। उनीहरूका अनुसार अभियानको मुख्य उद्देश्य पार्टीभित्र संवादको वातावरण निर्माण गर्ने, कार्यकर्तामा देखिएको निराशा हटाउने, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने तथा कांग्रेसलाई पुनः सशक्त प्रतिपक्षका रूपमा स्थापित गर्ने हो।

उनीहरूले पार्टी नेतृत्वलाई व्यक्तिगत आग्रह र गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर सहमतिको बाटो रोज्न आग्रह गर्दै सबै तहका कांग्रेसजनलाई एकताको पक्षमा उभिन अपिल गरेका छन्।

नेता महरले कांग्रेसका ९९ प्रतिशत कार्यकर्ता पार्टी विभाजनको पक्षमा नरहेको भन्दै आन्तरिक रूपमा गरिएका सहमतिका प्रयासले सार्थकता नपाएपछि पत्रकार सम्मेलन गरेरै दबाब दिनु परेको बताए ।

आयोजकका अनुसार राष्ट्रिय एकता भेलामा स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ता, महासमिति सदस्य, पूर्वपदाधिकारी, युवा, महिला, पेशागत संगठन तथा विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिनेछ। भेलाबाट पार्टी एकतालाई बलियो बनाउने साझा प्रतिबद्धता र आगामी कार्ययोजना सार्वजनिक गरिने तयारी छ। अभियानले कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नागरिकलाई भेलामा सहभागी भई पार्टीलाई एकताबद्ध बनाउने ऐतिहासिक अभियानमा साथ दिन आग्रह गरेको छ।

 

वि.सं.२०८३ साउन १७ आइतवार १४:४२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...