back
CTIZAN AD

महायज्ञमा ६ करोडभन्दा बढी दान सङ्कलन

वि.सं.२०७३ मंसिर २९ बुधवार

1K 

shares

२९ मङ्सिर , रामपुर (पाल्पा)। गङ्गालाल माध्यमिक विद्यालय, चापाकोटमा सञ्चालन भएको महायज्ञमा रु ६ करोड ३२ लाख ७७ हजार चारसय ७० बराबरको दान सङ्कलन भएको छ ।

महायज्ञमा रु एककरोड तीनलाख नौसय ७० नगद र रु पाँच करोड २९ लाख ७६ हजार पाँचसय बराबरको जग्गादान सङ्कलन भएको मूल आयोजक समितिका संयोजक हरि पँगेनीले बताउनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनका लागि भएको महायज्ञमा लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ । गत मङ्सिर २० देखि २७ गतेसम्म सञ्चालन भएको महायज्ञ अवधिभर पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको थियो ।

चापाकोट–११ कुवाकोटका मित्रलाल कोइराला, रामु कोइराला र राजु कोइरालाको परिवारले महायज्ञमा सबैभन्दा बढी रु ५१ लाख बराबरको जग्गादान गर्नुभएको मूल आयोजक समितिका सदस्य अर्जुन खनालले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:३१ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...