back
CTIZAN AD

कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न बारको अपिल

वि.सं.२०७६ चैत ५ बुधवार

765 

shares

५ चैत, काठमाडौँ । नेपाल बार एसोसिएशनले विश्वभरि नै नोबेल कोरोना भाइरस फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालतसमक्ष अपिल गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले मंगलबार जारी गरे प्रेस विज्ञप्तिमा मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको हो । अदालतले नियमित परीक्षण गरेरमात्र सेवाप्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यक बाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न विज्ञप्तिमा बारले अपिल गरेको छ ।
अदालत धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुने हुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको छ ।

सर्वोच्च अदालत बार एसोसिएशनले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि सर्वोच्च अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सर्वोच्च बारको मंगलबार आकस्मिक कार्यसमिति बैठकले देशका विभिन्न भागबाट यात्रा गरी सर्वोच्च अदालत आउनुपर्ने सेवाग्राही र कानून व्यवसायीको भीडभाड हुँदा कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै अदालत बन्द गर्न अनुरोध गरेको हो । बैठकपछि सर्वोच्च बारका सचिव शुभवराज आचार्यले जारी गरे प्रेस विज्ञप्तिमा सङ्क्रमणको स्थितिलाई न्यूनीकरण गर्न र सावधानी अपनाउन भनिएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०९:०८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...