back
CTIZAN AD

कि आदेश पालना गराउ, कि कब्जा गर्न देऊ सरकार

वि.सं.२०७६ चैत २७ बिहीवार

978 

shares

नीजि अस्पतालको ब्यबहारबाट आजित नागरीक भन्दैछन ‘कानुन हातमा लिने रहर होइन, कि सरकारले गर, कि हामीलाई कब्जा गर्न देऊ !’

आज भाषा फरक पारेपनि सिंगो संसार एकप्रकारले लकडाउनकै अवस्थामा छ । भाइरस शुरु भएको चिनको बुहानले साढे दुइ महिने कालो रातको कष्टपछि मिर्मिरे देख्न थालेको छ । यसको पहिचान पछि पनि बिज्ञानले प्रतिरोधको रणनीतिमात्र बनाएको हो, औषधि वा भ्याक्सिन आइसकेको छैन । आइहालेछ भनेपनि हामीले त्यो पाउन महिनौ कुर्नुपर्ने निश्चितै छ ।

परीक्षणका आधारभूत सामाग्रीकै लागि एकप्रकारको शितयुद्ध चलिरहेको छ । जर्मनले चीनबाट मगाएका सामाग्री बिमानबाटै अपहरणको शैलिमा अमेरीका पुगेको समाचार आइरहेको छ । अमेरीकाले कडा शैलीमा भारतलार्ई थर्काएपछि भारतले इन्जेक्सन निर्यातको प्रतिबन्ध हटाएको समाचार प्राप्त भएको छ । अमेरीका इपिसेन्टर बन्न थालेपछि बढि अत्तालिएका अमेरीकी राष्टपति डोनाल्ड ट्रम्प झण्डै असन्तुलित भएर बोलिरहेका छन । ‘पैसो हाम्ले दिने काम चैनाको गर्ने’ भनेर उनले बिश्व स्वास्थ संगठनलाई समेत हुकिसकेका छन भने डब्लुएचओले पनि स्वास्थमा राजनीति नगर्न चेतावनि फर्काएको अवस्था छ ।

संसारभरी कोरोनाको कहर र महामारीको हायलकायल बढदैगएपछि नेपालले पनि सकेसम्मको प्रयास गर्दै आएको सरकारले बताएको छ । जनचेतना र लकडाउनलार्ई प्रभावकारी बनाउन सरकारले प्रयास गदैृ आएको पनि छ । बिदेशबाट आएर सीमामा रहन बाध्य नेपालीहरु, बिदेशी भुमिमै रहेका नेपालीहरु, क्वारेन्टाइनमा रहेका नेपालीहरु, शंकाको कारण आइसोलेसनमा रहेका नेपालीहरु र उपचाररत नेपालीका समस्या आ आफनै ठाउमा रहेकै पनि छन । डाक्टर र प्राबिधिक जनशक्तिको मनोवल अपेक्षित उठन नसकेको पनि होला । अपर्झट स्वास्थ सामाग्री खरीदमा भएका लापरवाहि, कमजोरी र भ्रष्टाचारजन्य नियतको शंका पनि होला नै । तर हामीलार्ई यि बिषयमा अल्झेर महामारीलार्ई हौसीने बातावरण दिने छुट छैन ।

घरघरमा थुनिए जसरी बस्नुपरेका र कोरोनाको बिश्व आतंकबाट रोगी मनोबिज्ञान बढाउदै गएका आम नागरीकलाई ढाडस दिन पनि सरकार लाग्नै पर्ने भएको छ । धेरै मानिसहरु परीक्षणको ब्यग्रतामा छन । सरकारले कोभिड १९ परीक्षणको दायरा फराकिलो बनाउने भनेर पनि प्रयास नै गरेन भन्न खोजेको होइन । खासै पुर्वाधार नभएका बेला पनि १० ठाउँमा शुरुवात हुनु राम्रो हो । तर भारतमा बढेको प्रभाव र हाम्रो परीक्षण गतिका कारण यो अनुपातले पुग्दै पुग्दैन । लकडाउन गरेर मात्र हामी कोरोना मुक्त हुन सक्छौँ भन्ने सोचाइ अल्पज्ञान मात्र हो । त्यसैले पनि परीक्षण गतिलार्ई सकेसम्म तिब्रता दिन जरुरी छ । घना जनसंख्या भएको काठमाण्डौ लगायत देशका अन्य ठाउँमा पनि नीजि क्षेत्रको अस्पतालहरु परिचालित गर्न जरुरी भैसकेको छ ।

नेपालका सबै डाक्टर वा प्राविधिक तथा नीजि क्षेत्रका अस्पतालहरुले सरकारको अनुमतिमै आफ्नो काम गरिरहेका हुन् भने उनीहरुलार्ई कडा आदेश दिन सरकार चुक्नु पर्दैन । पशुपति वा अन्त्येष्टि गरिने अन्य ठाउँहरुमा संख्या कम हुनुलार्ई नीजि क्षेत्रका अस्पताल बन्द भएको विषयसँग ब्यङ्ग गरेर वा जोडेर भुल्ने बेला होइन । अरु धेरै रोगका बिरामीले उपचार नपाएको र उपचार नपाएकै कारण ज्यान गएको घटना हामीले व्यहोरी सकेका छौँ । कतिपय नीजी अस्पतालले गरेको पछिल्लो ब्यबहारको संजाय कानुनी कारवाहीले मात्रै नहुने भनेर जनआक्रोश बढन थालेको छ । यस्तो बेला ‘सरकारी सुबिधा दिन्छु यता आउ’ भन्ने र नीजी अस्पताललाई अनुरोध मात्रै गरेर सरकारले सम्भावित जटिलता थेग्ला भन्न सकिदैन । त्यसकारण पनि सबै अस्पताल र सबै डाक्टरलार्ई सबै बिरामीका नियमित चेकजाँच र औषधी उपचार चलाईरहन तथा कोरोना परीक्षण गर्न अनिवाय गराउनै पर्दछ । नागरीकको शंका बढेको छ की लोकतन्त्र र मानवअधिकार, नीजी पुजिको रक्षा वा इच्छा अनुसारको कामको बहानामा सरकार डराएको हो वा नीजी अस्पतालहरुका संचालकहरु र मेडिकल माफियाहरुको आदेश मानिरहेको हो । मानवसमुदाय नै महामारीको संकटसंग लडिरहेको बेला अधिकार र स्वार्थ सबै तपसिल हुँदैनन् र सरकार ?

धन्य, धेरै फैलिएको रिपोर्ट छैन र नेपाली भूमिमै हताहातिको औपचारीकता ब्यहोर्नुपरेको छैन । यसको जस सरकारले नै लिओस र लिनुपर्दछ पनि । यतिबेला ९ जना मात्रको संख्या हेरेर लपस्तरो हुने छुट सरकारलाई छँदैछैन । लकडाउन चालु राख्दै नीजि अस्पतालमा परीक्षण शुरु गराऔँ । सरकारले कत्ति पनि ढिलो नगरोस् । नीजि अस्पताललार्ई सहयोग गर्न र डाक्टरलार्ई थप भत्ता दिन पैसा पुगेन भने सांसद विकास कोष देखि अरु खर्च नहुने शिर्षकका पैसा तानौँ । जर्बजस्ती भएपनि नीजि अस्पतालको सेवा थपेर परीक्षण दायरा फराकीलो बनाऔँ । ठूलाबडा नेताहरुकै अस्पताल हुन् भने पनि यो विपत्तिमा धर्म गरौँ महाशयहरु !

सरकारको आदेश नीजि अस्पतालले नमानेको कुरा सार्वजनिक हुने स्थिति आयो भने बढिरहेको जनटिप्पणी अराजकतामा पुग्न पनि सक्छ । कानुन हातमा लिने रहर नहुँदा नहुँदै अस्पतालहरु दुर्घटनामा पर्न सक्छन् । यस्तो महामारीमा खानाकै लागी मात्र पनि लुटपाट, उद्रव र हिंसा मच्चिएका दृष्टान्त हुन्छन् । हाम्रोमा त सरकारले भनेको मान्ने जनता छौ । यो अनुरोध पनि भाइरसको परीक्षण दायरा बढाउन र अरु ब्यथाका बिरामीलाई अनिवार्य उपचार गराउ भन्नका लागि मात्र न हो । राम्रो काममा अलमल गर्दै नगर सरकार ।

वि.सं.२०७६ चैत २७ बिहीवार १२:५५ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...