back
CTIZAN AD

सचेत गराउँँदै एनआरएनए साइप्रसले भन्यो-‘नेपाली साहस र सामथ्र्य प्रदर्शन गरौं’

वि.सं.२०७६ चैत २७ बिहीवार

1K 

shares

२७ चैत, साइप्रस । गैरआवासीय नेपाली संघ साइप्रसले साइप्रसमा रहेका नेपालीहरुलाई सचेत गराउँदै साइप्रसमा भएको लकडाउन र त्यसको नियम पालना गर्न अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण साइप्रस पनि नराम्ररी प्रभावित भएको र त्यसले साइप्रसमा रहेका सबै नेपालीलाई पनि प्रभावित बनाएको अवस्थामा साइप्रस सरकारले गरेको ३० अप्रिलसम्मको लकडाउनको पूर्ण पालना गर्न संघले अनुरोध गरेको हो ।

कोेरोना भाइरसको संक्रमण फैलन नदिन साइप्रस सरकारले अत्यावश्यक बाहेक प्राय स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमाहल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर (बाजी लगाउने ठाउँ), पुरातात्त्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू लकडाउनको घोषणा गरेको सबैलाई अवगत भएको पनि संघले जनाएको छ ।

यस्तो अवस्थामा अतिप्रभावित नेपालीहरुलाई संघको संयोजकत्वमा साइप्रसमा रहेका नेपाली संघसंस्थाको सहयोगमा विद्यार्थीहरुका लागि राहत वितरण गर्दै घर दैलोान जादाँ धेरै दिदिबहिनी र दाजुभाईहरुले लकडाउन अवज्ञा गरे बापत साइप्रस सरकारलाई जरिवाना तिरेका पाइएको पनि संघले बताएको छ । ‘साइप्रस सरकारले गरेको लकडाउन उल्लंघन गरे बापत सुरुमा १५० तिनुपथ्र्यो भने अहिले ३०० युरो जरिवाना रहेको सबैलाई जानकारी रहेको नै छ,’ संघका महासचिव कृप थापाले एक सूचना जारी गर्दै भनेका छन्, ‘साइप्रस सरकारको लकडाउनको अवज्ञा गरे बापत ३०० युरो बनाए पनि अबज्ञाको जरिवाना तिर्नेमा नेपाली सममुदाय पनि अग्रपंक्तिमा रहेको छ ।’

सामुहिक जमघट, सामुहिक भेटघाट, वा सामान्य काम भनेर हेलचेक्राई गरि बाहिर निक्लने वा गर्ने कार्य बन्द गर्न अनुरोध गर्दै महासचिव थापाले आकस्मिक निक्लनै पर्ने अवस्था आइलागे मोवाइल एसएमएसबाट सम्बन्धीत निकायको अनुमति लिएर मात्रै निस्कन समेत अनुरोध गरेका छन् ।

‘साइप्रस सरकारले नचाहँदा नचाहाँदै यस महामारीबाट जीवन सुरक्षित आफू र अरुलाई बनाउन आगामी अप्रिल ३० सम्म घरमै बस्न अनुरोध गरेको छ । यसलाई सबैले अनुशासित र मर्यादित भई पालना गरौं । संकटका बेला थुप्रै समस्याहरु हुनसक्छन्, त्यस्ता हातमा हात मिलाई सहकार्य गरौं, सबैले सबैलाई सचेत र सजग गराऔं,’ सूचनामा भनिएको छ, ‘केही दिन घरमा बस्ने बानी नपरेका कारणले असहजता हुनसक्छ त्यसलाई सामना गर्ने नेपाली साहस र सामथ्र्य प्रदर्शन गरौं र साथै नागरिकहरुबाट समेत साइप्रस सरकार र राज्यबाट घोषित नीति, योजना र निर्णयहरुप्रति संवेदनशील बनी पालना गर्न समेत आह्वान र अपिल गर्दछु ।’

वि.सं.२०७६ चैत २७ बिहीवार १३:१५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...