back
CTIZAN AD

सरकारलाई क्वारेन्टाइन व्यवस्थापनका लागि सहयोग गर्न मुस्लिम आयोग तयार

वि.सं.२०७७ वैशाख २ मंगलवार

828 

shares

२ बैशाख, काठमाण्डौं । मुस्लिम आयोगले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कोभिडको विषम परिस्थिति र नेपालमा त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले प्रत्येक जिल्लामा थप क्वारेन्टाइनको व्यवस्था गर्दा यस कार्यमा मुस्लिम आयोग सहयोग गर्न तयार रहेको बताएको हो ।

‘देशभरी नै प्रयाप्त संख्यामा होस्टेल समेतका मदरासा उपलब्ध छन् । ती मदरासाहरुमा भान्सा घर, शौचालय, स्नान कक्ष, विजुली, खानेपानी आदिको व्यवस्था रहने गर्दछ । त्यसरी नै प्रयाप्त आकारको मैदानहरु पनि ती मदरासामा उपलब्ध छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यी मदरासाहरुमा क्वारेन्टाइन व्यवस्थापन गर्न सकेमा निकै सहज हुने भएकाले मुस्लिम आयोग नेपाल सरकारलाई यस्ता मदरासा भवन उपलब्ध गराउन पहल गर्नेछ ।

आयोगका अध्यक्ष समिम अन्सारीद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिमा राज्य विपद्मा परेका बेला क्वारेन्टाइन प्रयोजनका लागि आफ्ना मदरासा भवन उपलब्ध गराएर सहयोग गर्न चाहाने मदरासा व्यवस्थापन समितिहरुले आयोगलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १९:३३ मा प्रकाशित

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...