back
CTIZAN AD

सुसेली : पानी

वि.सं.२०८३ वैशाख २६ शनिवार

1.3K 

shares

प्रमाेद नेपाल,काठमाडौँ

(१)
बुझ्दछ ज्ञानी
झर्छ तल बादल
बाेकेर पानी ।

(२)
बादलु बानी
पर्दैछ बेमाैसम
असिना पानी ।

(३)
फाेहर बढ्यो
परेको त्याे पानीले
साेहरी लग्यो ।

(४)
पानीकाे गुण
बग्यो रङ्ग दलेको
उदाङ्गाे सुण ।

(५)
सुन है नानी
पच्न छैन सहज
कडा छ पानी ।

(६)
हाे शुद्ध जल
छचल्किने नगर्ने
त्यही हाे बल ।

(७)
बग्दैछ पानी
खेर कत्ति नफाल्नु
अमृत नानी ।

(८)
गाग्रीमा पानी
डाेकाेमा ओसार्दैछिन्
पहाडी नानी ।

(९)
सेवामा व्यस्त
पानी जस्तै हुँ भन्छन्
माैका परस्त ।

(१०)
माैन छिन् सानी
बस्ती भयाे बगर
के खाओस् पानी ।

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...