back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख २६ शनिवार

759 

shares

एकनारायण चापागाई,दाङ

पोख्ने सदा मनका उभार होला
सोच्ने अझै उत्तम विचार होला

सन्ध्या हुने बेला छ जाऊ खोज्न
घरगाउँमा बस्ती बजार होला

लुट्दै छ नानीको कि तन कसैले
चीत्कार सुन्थेँ खुब पुकार होला

जाऊ निसानी हेर्नलाई उसको
जल्दै गरेको तन अँगार होला

सक्दैन भन्छिन् बस्न साथ तिम्रो
गर्ने यहाँ अब वारपार होला

बहर : सरीअ मुसद्दस मक्सूफ
अर्कान : मुस्तफइलुन् , मुस्तफइलुन् , फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : आर
तहलिली रदिफ : हाेला
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:५६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...