back
CTIZAN AD

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, अझै केहीदिन मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०७७ वैशाख २९ सोमवार

744 

shares

२९ बैशाख, काठमाण्डौं । विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने मौसमविद्को अनुमान रहेको छ ।

यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली भई देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहको औँल्याएको छ । बुधबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७७ वैशाख २९ सोमवार १३:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...