back
CTIZAN AD

राजधानीका विभिन्न खाद्य स्टोरमा म्याद सकिएका पेय पदार्थ भेटियो

वि.सं.२०७३ पुस ९ शनिवार

1.1K 

shares

९ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार गरिएको अनुगमनका क्रममा फेला परेका म्याद सकिएका पेय पदार्थ नष्ट गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा पञ्चकन्या माई किराना स्टोर, पुरानो बानेश्वरबाट म्याद सकिएका १२ बोतल पेप्सी, स्प्राइट र फान्टा नष्ट गरिएको हो ।

त्यसैगरी खरेल एन्ड सन्स स्टोर पुरानो बानेश्वरबाट तीन बोतल र किराना पसल भीमसेनगोलाबाट १० बोतल पेय पदार्थ नष्ट गरिएको अनुगमन अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा मूल्यसूची नभएको, नापतौल यन्त्र नवीकरण नगरिएको, सूचनापाटी नराखिएको, व्यवसाय दर्ता नगरिएको र म्याद नाघेको सामग्री बिक्री वितरण गरेको पाएपछि रीता किराना पसल पुरानो बानेश्वरलाई मूल्यसूची र सूचनापाटी तत्काल राखी सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ । विभागले उपभोक्ता स्वयम्लाई सचेत भएर उपभोग्य सामग्री खरिद गर्न पनि आग्रह गरेको छ ।

वि.सं.२०७३ पुस ९ शनिवार ०३:३४ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...