
अष्ट्रेलियामा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सिड्नीको दक्षिण पश्चिममा रहेको रोयल नेशनल पार्कको वाटामोला बिचमा पौडी खेल्ने क्रममा २९ वर्षीय सुजन अधिकारीको डुबेर मृत्यु भएको हो । क्रिसमसको अवसरमा साथिभाइसँग पिकनिक गएका उनको पौडी खेल्ने क्रममा डाइभ हान्दा डुबेर मृत्यु भएको जानकारी अधिकारीका नजिकका आफन्त सन्तोष अधिकारीले दिएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली पत्रले जनाएको छ ।
अत्यधिक गर्मि भएकोले सबैजना पौडी खेल्न गएका थिए । मृतक अधिकारीले बिचको चट्टानबाट हाम फालेर डाइभ गर्ने क्रममा डुबेपछि स्थानीयले उनलाई पानीबाट निकालेर प्राथमिक उपचार गरेका थिए । प्राथमिक उपचारकै क्रममा आएको पारामेडिक्स टोलीले अधिकारीको मृत्यु भएको घोषणा गरेका थिए ।
किर्तीपुर नगरपालिका वडा नं १२ घर भएका अधिकारी उच्च शिक्षाका लागि सन् २००९ मा अष्ट्रेलिया पुगेका थिए । उनले भिक्टोरिया युनिभर्सिटीबाट एकाउन्टिङ विषयमा अध्ययन गरेका थिए ।
मृतक अधिकारीका साथी अनुपराज न्यौपानेका अनुसार उनको शब नेपाल पठाउने तयारी गरिएको छ ।
उनको शव नेपाल पठाउनका लागि फ्युनरल कम्पनीले लिने शुल्क तिर्नका लागि आवस्यक रकम सहयोग गरिदिन पनि न्यौपानेले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
उक्त रकम संकलनका लागि
A/c Name : Santosh Adhikari
BSB : 062235
A/c no : 10578257
वि.सं.२०७३ पुस ११ सोमवार ११:१५ मा प्रकाशित
























