back

पत्रकार महासंघ यूएईमा बस्याल

वि.सं.२०७३ पुस १७ आइतवार

1.1K 

shares

uae-photoनारायण भुर्तेल, युएई । नेपाल पत्रकार महासंघ यूएई शाखाको अध्यक्षमा भुपराज बस्याल निर्वाचित भएका छन । शुक्रबार भएको शाखाको पाचौँ अधिवेसनबाट नयाँ कार्यसमितिको अध्यक्षमा बस्याल निर्बिरोध निर्वाचित भएका हुन ।

अधिवेशनले २०१७ ( १९ को लागि बस्यालको अध्यक्षमा नौ कार्य समिति गठन गरेको छ ।
शाखाको उपाध्यक्षमा लक्ष्मण खनाल, सचिव मेघराज सापकोटा,सह (सचिव निर्भिक नारायण भुर्तेल, कोषाध्यक्ष दिनेश आचार्य, सदस्यहरु मोहन बस्याल, निमाकान्त पाण्डे, दामोदर दाहाल र खिमलाल पाण्डे रहेका छन। त्यस्तै केन्द्रिय प्रतिनिधिमा हरि नेपाली र विनोद श्रेष्ठलाई चयन गरेको छ ।

अधिवेशनका लागि नेपाल बाट नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव धुर्ब लम्साल युएई आएका थिए ।
उनले प्रदेशबाट विभिन्न चुनौतिहरुको सामना गर्दै जागिर संगसंगै पत्रकारीतालाई पनि निरन्तरता दिएकोमा युएई शाखाको खुलेरै प्रसंसा गरे । युएई शाखामा आबद्द रहेर कलम चलाउने पत्रकारहरुको एकता नेपालमा रहेका जिल्ला शाखाहरुको भन्दा उदारहणीय रहेछ लम्सालले भनेयो सन्देश म देशका सबै शाखाहरुमा पुर्याउने छु ।
लम्सालले प्रदेशमा काम संगै पत्रकारीता गर्ने पत्रकारहरुको कुनै पनि समस्याको समाधान छिटो हल गर्न केन्द्रमा केन्द्रमा प्रस्ताव राख्ने प्रतिबद्दता गरेका छन ।
नेपाल पत्रकार महासंघले पहिलो पटक देश भन्दा बाहिर विदेशमा बिस्तार गरेको शाखा नेपाल पत्रकार महासंघ यूएई शाखा हो ।

वि.सं.२०७३ पुस १७ आइतवार ०५:०१ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...