back
CTIZAN AD

एनआरएनए कोषाध्यक्ष थापालाई केन्यामा स्वागत तथा सम्मानमा

वि.सं.२०७३ पुस १७ आइतवार

888 

shares

sammanनैरोबी ,केन्या । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती केन्याले केन्या भ्रमणमा रहनु भएका एनआरएनए कोषाध्यक्ष हिक्मत थापाको सम्मानमा एक स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।
तान्जानिया सम्पन्न एनआरएनए अफ्रिका बैठकमा पारित पुर्बी अफ्रिकाका लागी नैरोबीमा नेपालको दुतावास स्थापना गर्न एनआरएनए मार्फत आबश्यक पहल गर्न कार्यक्रममा थापालाई विशेष आग्रह गरिएको थियो ।
कार्यक्रममा एनआरएनए अफ्रिका संयोजक सुनिल कार्की, आईसिसी सदस्य निरज श्रेष्ठ (अष्ट्रेलिया), पुर्ब आईसिसी सदस्य कुल कार्की (केन्या) मन थापा (नाइजेरिया), केन्या अध्यक्ष राम चन्द्र बस्याल,उपाध्यक्ष प्रकाश जङ्ग रायमाझी, महासचिव कृष्णदत्त भट्ट, सचिब बिष्णु कार्की, एनसिसी नाइजेरियाका सदस्य बिश्वास पौडेल र अन्जु पौडेल लगायतको सहभागिता थियो ।

वि.सं.२०७३ पुस १७ आइतवार ०५:११ मा प्रकाशित