back

तरकारी खेतीमा लागेका चार्टर एकाउन्टेन्टद्वयलाई तरकारीले बजार पाउँदैन कि भन्ने चिन्ता

वि.सं.२०७७ असोज ७ बुधवार

192 

shares
RBB AD
NTC AD

७ असोज, नारायणपुर । राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो । तुलसीपुर उपमहानगरपालिका– १७ बनकट्टीका चार्टर एकाउन्टेन्टद्वय घनश्याम सापकोटा र सन्तोष विष्ट तथा जमिन राना र कान्तुराम खनाल कृषि पेशामा रमाउन थालेको डेढ वर्ष भएको छ ।

ग्रीन कोर ग्रुप प्रालि नामक संस्था स्थापना गरेर नेपाल संस्कृत विश्वविद्यालयको प्रतिवर्ष रु १२ लाख ५० हजार भाडा तिर्ने गरी ३५ विगाह जमिन करारमा लिई उनीहरूले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् । अहिले उनीहरूको फार्ममा खुर्सानी, बोडी, साग, करेला, टमाटर, केरा र गोभीलगायतका तरकारी हुर्किरहेका छन् ।

गतवर्ष लगाएको तरकारी सरकारले लागू गरेको बन्दाबन्दीका कारण विक्री गर्न नपाएपछि झन्डै रु ५० लाख घाटा ब्यहोर्नु परेको फार्म सञ्चालक समितिका संयोजक घनश्याम सापकोटाले जानकारी दिए । उनले भने, “अहिले थोरै भएपनि सहज परिस्थिति निर्माण भएकाले पुनः तरकारी लगाउन शुरु गरेका छौं तर त्यो पनि विक्री गर्न पाइन्छ कि पाइदैन् भन्ने चिन्ता लागेको छ ।” पहिलो वर्ष उत्पादन राम्रो भएकाले बन्दाबन्दीका कारण विक्री गर्न नपाउँदा घाटा भएपनि आफूहरू नआत्तिएको उनले बताए । पोखरा, बुटवल, नारायणगढको बजारलाई हेरेर तरकारी उत्पादनमा लागेको उनको भनाइ छ ।

धेरै जमिनमा तरकारी खेती शुरु गरेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट जोनमा ५० प्रतिशत अनुदानअन्तर्गत हाम्रो फार्मले रु. १४ लाख पाएको बताउँदै संयोजक सापकोटाले भने, “केराखेती विस्तार कार्यक्रमअन्तर्गत कृषि ज्ञानकेन्द्र दाङले रु. ३ लाख उपलब्ध गराएको छ ।” ग्रीनकोर ग्रुप प्रालिमा अहिलेसम्म रु एक करोड लगानी लागेको उनको भनाइ छ ।

उक्त फार्ममा कृषि सम्बन्धि तालीम लिएका छ जनालाई रोजगारी दिइएको छ । दैनिक ज्यालादारी र मजदूर गरी करिब ७० जना स्थानीयवासीलाई सो फार्मले रोजगारी दिइएको बताइएको छ । रासस

वि.सं.२०७७ असोज ७ बुधवार ११:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका

‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका

वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन...

सिङ्गो गाउँलाई नै घरबास घोषणा

सिङ्गो गाउँलाई नै घरबास घोषणा

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास...

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै...

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा निर्वाचित

नवलपुर (नवलपरासी) । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा...

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...