back
CTIZAN AD

तरकारी खेतीमा लागेका चार्टर एकाउन्टेन्टद्वयलाई तरकारीले बजार पाउँदैन कि भन्ने चिन्ता

वि.सं.२०७७ असोज ७ बुधवार

783 

shares

७ असोज, नारायणपुर । राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो । तुलसीपुर उपमहानगरपालिका– १७ बनकट्टीका चार्टर एकाउन्टेन्टद्वय घनश्याम सापकोटा र सन्तोष विष्ट तथा जमिन राना र कान्तुराम खनाल कृषि पेशामा रमाउन थालेको डेढ वर्ष भएको छ ।

ग्रीन कोर ग्रुप प्रालि नामक संस्था स्थापना गरेर नेपाल संस्कृत विश्वविद्यालयको प्रतिवर्ष रु १२ लाख ५० हजार भाडा तिर्ने गरी ३५ विगाह जमिन करारमा लिई उनीहरूले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् । अहिले उनीहरूको फार्ममा खुर्सानी, बोडी, साग, करेला, टमाटर, केरा र गोभीलगायतका तरकारी हुर्किरहेका छन् ।

गतवर्ष लगाएको तरकारी सरकारले लागू गरेको बन्दाबन्दीका कारण विक्री गर्न नपाएपछि झन्डै रु ५० लाख घाटा ब्यहोर्नु परेको फार्म सञ्चालक समितिका संयोजक घनश्याम सापकोटाले जानकारी दिए । उनले भने, “अहिले थोरै भएपनि सहज परिस्थिति निर्माण भएकाले पुनः तरकारी लगाउन शुरु गरेका छौं तर त्यो पनि विक्री गर्न पाइन्छ कि पाइदैन् भन्ने चिन्ता लागेको छ ।” पहिलो वर्ष उत्पादन राम्रो भएकाले बन्दाबन्दीका कारण विक्री गर्न नपाउँदा घाटा भएपनि आफूहरू नआत्तिएको उनले बताए । पोखरा, बुटवल, नारायणगढको बजारलाई हेरेर तरकारी उत्पादनमा लागेको उनको भनाइ छ ।

धेरै जमिनमा तरकारी खेती शुरु गरेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट जोनमा ५० प्रतिशत अनुदानअन्तर्गत हाम्रो फार्मले रु. १४ लाख पाएको बताउँदै संयोजक सापकोटाले भने, “केराखेती विस्तार कार्यक्रमअन्तर्गत कृषि ज्ञानकेन्द्र दाङले रु. ३ लाख उपलब्ध गराएको छ ।” ग्रीनकोर ग्रुप प्रालिमा अहिलेसम्म रु एक करोड लगानी लागेको उनको भनाइ छ ।

उक्त फार्ममा कृषि सम्बन्धि तालीम लिएका छ जनालाई रोजगारी दिइएको छ । दैनिक ज्यालादारी र मजदूर गरी करिब ७० जना स्थानीयवासीलाई सो फार्मले रोजगारी दिइएको बताइएको छ । रासस

वि.सं.२०७७ असोज ७ बुधवार ११:१४ मा प्रकाशित

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...