१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि भोली (१९ गते) लाई बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नका लागि गत १५ गते २४० जनामा गरिएको कोरोना परीक्षणका क्रममा चार केन्द्रीय सदस्यहरु नेता तथा सांसद गगन थापा, नेता अर्जुननरसिंह केसी, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी, २ कर्मचारी तथा नेताहरुका ड्राइभर, सेक्युरेटी लगायतमा संक्रमण भएको पाइएको छ ।
पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीका अनुसार १६७ जना केन्द्रीय सदस्यसहित २४० जनामा कोरोना परीक्षण गरिएकोमा १२० जनाको रिर्पोट आइसकेको छ । जसमा १० जनाजतिको पोजेटिभ आएको र अन्यको आज १२ बजेसम्ममा रिर्पोट आइसक्नेछ ।
‘भोली बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सम्भवत असोज २२ गते बस्नेछ । सबैको रिर्पोट नआउँदासम्म बैठक बस्दैन ।’ नेता केसीले संसारन्युजसँग भने ।
केसीका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्यको रिर्पोट आउन बाँकी रहेको छ ।
वि.सं.२०७७ असोज १८ आइतवार ०८:२६ मा प्रकाशित






























