back
CTIZAN AD

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

वि.सं.२०७७ मंसिर १४ आइतवार

711 

shares

स्याङ्जा – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताईन । आज (आईतबार) वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन । मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै तर, अहिले ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन । मन्त्री अर्यालले भनिन, ‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य माथि के हुन्छ भन्ने प्रश्नहरु उठेका छन् । यसमा कुनै दुविधा छैन् । ओली सरकारको विकल्प छैन् ।’
वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडी बढेको दाबी गरिन । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो । ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन । तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन । ‘जनताको चाहनाले दुई ठुला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’
सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताईन । जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताईन । मन्त्री अर्याल भन्नुहुन्छ, ‘प्रत्येक घर–घरमा धारा र शौचालय पु¥याउने योजनाका साथ हामी अगाडि बढेका छौँ । जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन् । घर–घरमा धारा जडान हुनेछ ।’
४३ करोडको खानेपानी योजना अन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरुमा गरी ९ खानेपानी उप–योजनाहरु सञ्चालन हुनेछन् । त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी हुन। यी ४ योजना बाहेक वालिङ १, त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने, पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुँन बाँकी रहेका छन् ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १९:२२ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...