back
CTIZAN AD

नेकपा वोल्सेभिकको मूल्यांकन : अब नयाँ ध्रुवीकरणको बाटो खुल्यो

वि.सं.२०७७ पुस ६ सोमवार

717 

shares

६ पुष, काठमाडौँ । नवगठित नेकपा(वोल्शेभिक)ले विद्यमान परिस्थितिको मुल्यांकन गर्दै अब नयाँ ध्रुवीकरणको बाटो खुलेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटन र मध्यावधी चुुनावको घोषणा बारे धारणा सार्वजनिक गर्दै नेकपा वोल्शेभिकले यस कदमले नयाँ ध्रुवीकरणको बाटो खुलेको जनाएको हो ।

वोल्सेभिकद्वारा जारी अपिलमा भनिएको छ ‘यस कदमले नयाँ ध्रुवीकरण ल्याउने छ । नयाँ परिस्थितिको मुूल्यांकन गर्दै पार्टी एकता, क्रान्तिकारी संयुुक्त मोर्चा, बृहत कार्यगत एकता र तालमेललाई मालेमावादको आधारमा अघि वढाईनु पर्दछ ।’

वर्तमान सरकार र सत्ता व्यवस्थाको क्रान्तिकारी जनपक्षीय विकल्पलाई मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी गरिनुु पर्दछ भन्ने नेकपा (वोल्शेभिक)को निर्णय सही सावित भएको र यस कदमले क्रान्तिलाई तात्कालिन कार्यसूचीमा ल्याइदिएर नकारात्मक रुपले क्रान्तिलाई सहयोग गरेको पनि अपिलमा उल्लेख छ ।

प्रधानमन्त्रीको यो कदम साम्राज्यवादीहरु र देश भित्रका प्रतिक्रियावादीहरुको फासिवाद लाद्ने गम्भीर षड्यन्त्रको शुुरुवात भएको ठहर गर्दै बोल्सेभिकले सरकार र सत्ता व्यवस्थाको जनपक्षीय मालेमावादी विकल्पलाई तत्काल देखि नै मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी, योजना निर्माण र शुुरुवात गरिनुुपर्नेमा जोड दिएको छ ।

नेकपा(वोल्शेभिक)को अपिल :

१) यस कदम साम्राज्यवादीहरु र देश भित्रका प्रतिक्रियावादीहरुको फासिवाद लाद्ने गम्भीर षदयन्त्रको शुुरुवात हो ।
२) यस कदम अन्तराष्ट्रिय साम्राज्यवाद र देशीय प्रतिक्रियावादी सरकार र सत्ता व्यवस्थामा आएको संकटको अभिव्यक्ति पनि हो ।
३)यस कदम वर्तमान सरकार र सत्ता व्यवस्था जनविरोधी छ भन्ने थप प्रमाण हो ।
४) वर्तमान सरकार र सत्ता व्यवस्थाको क्रान्तिकारी जनपक्षीय विकल्पलाई मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी गरिनुु पर्दछ भन्ने नेकपा(वोल्शेभिक)को निर्णय सही सावित भएको छ । यस कदमले क्रान्तिलाई तात्कालिन कार्यसूचीमा ल्याइदिएर नकारात्मक रुपले क्रान्तिलाई सहयोग गरेको छ ।
५) यसै प्रतिक्रियावादी सरकार र सत्ता व्यवस्थालाई सुुधार गर्ने, संंसद पुुनस्थापना गर्ने वा नयाँ संसदिय चुुनाव गर्ने जस्ता कदमले वर्तमान गम्भीर समस्याको सही समाधान गर्न सक्दैन । तसर्थ सरकार र सत्ता व्यवस्थाको जनपक्षीय मालेमावादी विकल्पलाई तत्काल देखि नै मूल लक्ष्य वनाएर नयाँ संयुुक्त जनआन्दोलनको ठोस तयारी, योजना निर्माण र शुुरुवात गरिनुुपर्दछ ।
६) यस कदमले नयाँ ध्रुवीकरण ल्याउनेछ । नयाँ परिस्थितिको मुूल्यांकन गर्दै पार्टी एकता, क्रान्तिकारी संयुुक्त मोर्चा, बृहत कार्यगत एकता र तालमेललाई मालेमावादको आधारमा अघि वढाईनु पर्दछ ।
नेकपा(वोल्शेभिक)
२०७७ पुस ५

वि.सं.२०७७ पुस ६ सोमवार १०:०३ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...