५ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिका–८ सल्यारास्थित लु.१ क २३६२ नम्बरको जेसिबिले झुर्मा–किसिकोट नयाँ सडक खन्ने क्रममा सोही ठाउँ बस्ने लिल बहादुर रानाकी ५ वर्षीया छोरी जस्मिन रानाको रुखले च्यापेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सडकबाट करिब १ सय ५० मिटर तल खेलिरहेकी रानाको माथिबाट खसेको ढुंगा अमलाको रुखमा लागि अमलाको रुखले च्यापेर घट्नास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले जेसिवि चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ पुस ६ सोमवार १०:५० मा प्रकाशित






























