back
CTIZAN AD

काँग्रेस नेताबीच चर्काचर्की

वि.सं.२०७७ पुस ८ बुधवार

738 

shares

८ पुष, काठमाडौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा नेपाली काँग्रेसभित्र एकमत बन्न सकेको छैन । बुधबार बसेको केन्द्रीय समिति बैठकमा यसबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच चर्काचर्की भएको छ ।

वरिष्ठ नेता पौडेल पक्षका नेताहरू संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने पक्षमा देखिएका छन् ।असंवैधानिक काम भएको देखिरहँदा पनि अदालत र आयोगलाई कुरेर कांग्रेस सुतेर बस्न नहकिने वरिष्ठ नेता पौडेलको तर्क छ । तर सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पखिर्नु पर्नेमा देखिएका छन् । यसै विषयमा आज सभापति देउवा र वरिष्ठ नेता पौडेल बीच चर्काचर्की भएको थियो ।

एउटा निर्णयमा पुग्न नसक्दा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्बिने देखिएको छ ।

सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठकसमेत लम्बाउन चाहेको आरोप समेत पौडेल पक्षले लगाएको छ । युवा नेता गुरु घिमिरे, गगन थापाहरुले पनि काँग्रेसले ढिला नगरी आन्दोलनमा जानु पर्नेमा जोड दिएका छन् । नेता थापाले पदाधिकारी बैठकले नै संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अब अलमल गर्न नहुने बताए ।

देउवा निकटका केही नेताहरु काँग्रेस आन्दोलनमा नगई चुनावको तयारीमा जुट्नु पर्ने पक्षमा समेत  देखिएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, बलबहादुर के.सी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

वि.सं.२०७७ पुस ८ बुधवार २०:०१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...