back
CTIZAN AD

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा भिषण आगलागी हुँदा अढाइ करोडको क्षति

वि.सं.२०७७ पुस १० शुक्रवार

774 

shares

१० पुस, धनुषा । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ ।
जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत्को तार सट लागेको आगलागीबाट झण्डै रु दुई करोड ५० लाखको क्षति भएको हो । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतल बताए । धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो । जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा वारुणयन्त्र रहे पनि महिनौँदेखि दुवै बिग्रिएर थन्किएका छन् । आगलागी हुँदा समयमै वारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए ।   file photo

वि.सं.२०७७ पुस १० शुक्रवार ०९:०३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...