back
CTIZAN AD

प्रधानमन्त्रीको कदमविरुद्ध जसपाले आज विरोध र्याली गर्ने,यस्तो छ विरोधको कार्यक्रम

वि.सं.२०७७ पुस १२ आइतवार

672 

shares

१२ पुस, काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले आज विरोध र्यालीको आयोजना गरेको छ ।

आज १२ बजे पार्टीका शिर्ष नेताहरुको उपस्तिथिमा रत्नपार्कको शान्ति बाटीकाबाट विरोध र्याली सुरु गरी सम्पन्न हुने पार्टीले जानकारी दिएको छ । उक्त र्यालीमा पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्त ठाकुर, अशोक राई लगायतले सम्बोध गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीको पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमकाविरुद्ध आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्दै पुष १० गते जिल्लाका प्रमुख स्थानमा प्रधानमन्त्री एवम् राष्ट्रपतिको पुत्ला दहन गर्ने, ११ गते जिल्ला सदरमुकाम लगायतमा मशाल जुलुस प्रदर्शन र आज (आइतबार) काठमाडौं उपत्यकालगायतका विभिन्न स्थानमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

साथै पार्टीले वर्तमान अवस्थामा संविधान अनुसार प्रतिनिधिसभा विघटन अुन नसक्ने अवस्था भएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटा समक्ष पुगेर संसदको हिउँदे अधिबेशन बोलाउन समेत माग गरेको थियो ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:५८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...