माघ २८, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको विरोध सभाका लागि उपत्यकाका विभिन्न ५ ठाउँबाट विरोध जुलुशहरु सुरु भएको छ । जुलुशहरु अहिले सभास्थल भृकुटीमण्डप तर्फ अघि बढिरहेका छन् ।
सुन्धाराको मुख्य जुलुस पार्टी अध्यक्षद्धयसहितको उपस्थितिमा निकालिएको छ । सुन्धाराको मुख्य जुलुशअघि काठमाडौंका अन्य स्थानबाट जुलुसहरु निकालिएको थियो ।
आजको विरोध सभालाई पार्टीद्धयसहित एक दर्जनबढि नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । विरोध सभालाई अध्यक्षद्वयसहित वरिष्ठ नेता, पार्टी प्रवक्ता र केही स्थायी समिति सदस्य र केन्द्रीय कमिटी सदस्यले सम्बोधन गर्ने जनाइएको छ ।




वि.सं.२०७७ माघ २८ बुधवार १३:१३ मा प्रकाशित





























