back

नेप्सेमा हरियाली, यी कम्पनीका लगानीकर्ताले मनग्य कमाए

वि.सं.२०७७ फागुन १७ सोमवार

144 

shares
RBB AD
NTC AD

१६ फागुन, काठमाडौँ । साताको पहिलो दिन आइतबार ओरालो लागेको सेयर बजार (नेप्से) मा सोमबार भने हरियाली छाएको छ ।

आज बजार परिसूचक ४० दशमलव ६४ अकंले बढेर समग्र परिसूचक २५१५ दशमलव ०३ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ४७ अकंले बढेर ४५३ दशमलब ७५ अकंमा पुगेको छ ।

आज नेप्सेमा सूचिकृत सबै कम्पनी सूचक उकालो लागेको छ ।

आज कुल सूचिकृतमध्ये २०९ कम्पनीका ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैंया बराबरको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७० हजार ३ सय ३९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिखर इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, नेपाल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, कुमारी बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ९ दशमलब ९० प्रतिशतले कमाएका छन । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, आशा लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने सिटिजन म्यूचल फण्ड २, एनआईसी एशिया डेभेन्चर, लक्ष्मी उन्नती कोष, एनआईबिएल समृद्वि फण्ड १ लगायतका लगानीकर्ताहरुले गुमाएका छन ।

आज भएको कारोबारमा १६३ कम्पनी लागनीकर्ताले कमाउदाँ ४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ७ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन १७ सोमवार १५:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...