back
CTIZAN AD

जसपामा स्पष्टीकरण प्रकरण – ठाकुरलाई नौ बुँदे र यादवलाई सात बुँदे स्पष्टीकरण

वि.सं.२०७८ जेठ १२ बुधवार

804 

shares

१२ जेठ, काठमाडौँ । करिबकरिब विभाजनको अन्तिम अवस्थामा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्र एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेको महन्थ ठाकुर पक्ष र विपक्षी गठबन्धनमा देखिएका उपेन्द्र यादवबीच एकपक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने काम भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले मगलबार अर्का अध्यक्ष महन्थ ठाकुरलाई पत्रपठाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । ठाकुरको गतिविधि पार्टीको नीति एवम् विधि विधान विपरित भएका कारण केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यलाई पार्टी निर्णय विपरित साथ किन दिएको ? पार्टीको केन्द्रीय कार्यालय हुँदा हुँदै छुट्टै कार्यालय संचालन गर्ने कार्य किन गरेको ?, संसदीय दलको विधान नवसिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय संसदलाई पठाएको जस्ता स्पष्टीकरण सोधिएको छ ।

आफूहरुलाई स्पष्टीकरण सोधे लगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि मंगलबारै अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे कडा स्पष्टीकरण सोधेका छन् ।

उनलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जतो गतिविधिहरु किन संचालन गर्नुभयो, आफ्नो जानकारी बेगर अनअधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यालाई किन निस्कासन गर्नुभयो, जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवारलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?, तपाईले सर्वोच्च अदालतमा पार्टीका निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?

दुवैले पठाएको स्पष्टीकरण पत्रमा पार्टी विधानको धरा ४९ मा भएको अनुशासनको कारवाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोध्ने कार्य भएको कार्यालय प्रमुख प्रकाश अधिकारले जानकारी दिइएको छ । पत्र प्राप्त भएको ३ दिन भित्र स्पष्ट चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टी विधानबमोजिम अनुशासनको कारवाही गरिने बताइएको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार ११:१७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...