१२ जेठ, काठमाडौं । भारतले नेपालको पछिल्लो घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भन्दै प्रतिक्रिया सार्वजनिक गरेको छ ।
नेपालको केपी ओली सरकार बचाउन भारत लागि परेको भन्दै भारतकै नेताहरुले प्रतिक्रिया बढाउन लागेकै बेला भारत सरकारको तर्फबाट कुटनैतिक अभिब्यक्ति आएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिनमद बागचीले नेपालको पछिल्लो घटनाक्रमबारे धेरै जिज्ञासा आएको र सो घटनाक्रमलाई नोटमा राखेको भन्दै ‘यो उनीहरुको आन्तरीक संयन्त्र र लोकतान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’ बिज्ञप्तिमा भनेका छन । बिदेश मन्त्रालयका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एउटा छिमेकी र मीत्रको नाताले नेपाल र त्यहाँका जनताको शान्ति, प्रगति, र स्थायित्वका लागि अबिच्छिन्न सहयोग गरिरहनेछ ।’
वि.सं.२०७८ जेठ १२ बुधवार १६:५५ मा प्रकाशित






























