१६ जेठ, काठमाडौँ । शिखर इन्स्योरेन्सले २७.७६९ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । इन्स्योरेन्सले २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर जम्मा गरेको हो ।
अन्य लगानीकर्ताहरुको बोनस शेयर पनि खातामा नै जम्मा गरिने व्यवस्था भएकोले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन इन्स्योरेन्सले अनुरोध गरेको छ।
२०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको १५ औँ र १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
वि.सं.२०७८ जेठ १६ आइतवार १२:०४ मा प्रकाशित




























