back
CTIZAN AD

राष्ट्रिय सभा उपनिर्वाचन : कांग्रेसका उम्मेदवार पाण्डे विजयी

वि.सं.२०७८ जेठ १७ सोमवार

762 

shares

जेठ १७, काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा (एमाले)का उम्मेवार चन्द्रबहादुर खड्कारलाई पराजित गराएका हुन् ।

सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए। उनका विपक्षी एमालेका उम्मेद्‌वार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए।

पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । एमालेको माधवकुमार नेपाल पक्षले पनि उनलाई सहयोग गरेको थियो ।

कुल ३ सय मतदाता रहेको प्रदेशमा २ सय ९७ जनाले मतदान गरेका थिए । मतदानमा बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर र नरैनापुर गाउँपालिकाका अध्यक्ष र गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष उपस्थित थिएनन् ।

पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य थिए । उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनको सहमतीमै उम्मेदवार बनाइएको थियो ।

उपनिर्वाचनमा पराजित भएका खड्का नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका नेता हुन् । राष्ट्रिय सभा सदस्य रहेका खड्काको पार्टी परिवर्तनसँगै राष्ट्रिय सभा सदस्य पद पनि गुमेको थियो । पार्टी परिवर्तनसँगै पदमुक्त भएका खड्कालाई एमालेले पुनः उम्मेदवारको रुपमा अघि सारेको थियो ।

वि.सं.२०७८ जेठ १७ सोमवार १६:१९ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...