२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
उनले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार ०७:१५ मा प्रकाशित






























