back
CTIZAN AD

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

वि.सं.२०७८ जेठ २९ शनिवार

873 

shares

जेठ २९, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेशप्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार नियुक्ती गरेकी हुन् । विपक्षी गठबन्धनको तर्फबाट समर्थन पाएका पोखरेलले शुक्रबार आफ्नो पक्षमा ३१ सांसदको उपस्थितिसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले दाबी पेश गर्दा प्रदेशसभाबाट विश्वासको मत गुमाएका कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पनि दाबी पेश गरेका थिए ।

गुरुङ्गले पार्टी कारबाहीमा परेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहका एक सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जसको विरोधमा विपक्षी गठबन्धन धर्नामा उत्रिएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्ती पाएका पोखरेलले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

को हुन् मुख्ममन्त्री बनेका पोखरेल ?

२००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका ७१ वर्षीय पोखरेल नवलपरासी पूर्व १ ९क० बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

नेपाली कांग्रेसका पुराना नेतामा गनिने पोखरेल २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका थिए । ६ पटकभन्दा बढि जेलमा परेका पोखरेल २ वटा विषयमा स्नातक गरेका छन् ।

उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्।

वि.सं.२०७८ जेठ २९ शनिवार १७:४५ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...