back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबारलाई डाकियो, महाधिवेशन सार्ने प्रस्ताव

वि.सं.२०७८ जेठ २९ शनिवार

768 

shares

२९ जेठ, काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी बिहीबारलाई डाकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ असार ३ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकको निर्णय अनुसार १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

शनिबारको शीर्ष नेताहरूको बैठकले पार्टीको १४ औं महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ । यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि तोकेको महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्मका लागि सार्ने प्रस्ताव गरेको हो ।

वि.सं.२०७८ जेठ २९ शनिवार १९:१७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...