back
CTIZAN AD

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी, यातायातमा जोर–बिजोर लागु गर्ने प्रस्ताव

वि.सं.२०७८ असार ६ आइतवार

699 

shares

असार ६, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी भएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले सवारी साधन सञ्चालनमा ल्याउनुपर्ने सुझाब दिएका छन् । बताइएअनुसार आइतबार अपरान्ह ४ बजे उपत्यकाका सीडीओहरुको बैठकले सोबारे निर्णय लिनेछ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले व्यापार र व्यवसायलगायतका केही क्षेत्रलाई खुकुलो बनाउने गरि छलफल अगाडि बढेको जानकारीदिए । उनका अनुसार सवारी साधन सञ्चालनमा जोर–विजोरको विषयमा छलफल भईरहेको छ ।

साथै खाद्यान्न पसलहरु दिनभर नै खोल्ने र अन्य व्यवसायलाई बारअनुसार सञ्चालन गर्ने विषयमा छलफल भईरहेको छ ।

गत बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

उपत्यकामा जारी निषेधाज्ञा सोमबारबाट सकिँदैछ । आगामी दिनमा निषेधाज्ञाको मोडल कस्तो बनाउने र कति समय लगाउने भन्ने निर्णय आइतबार बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय लिनेछ ।

वि.सं.२०७८ असार ६ आइतवार १४:५६ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...