१५ असार, काठमाडौं । कोरोना भाइरसविरुद्ध जेठ २५ गते पहिलो मात्रा भेरो सेल खोप लगाएकाहरुका लागि यहि असार २२ गतेदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचना अनुसार दोस्रो मात्राको खोप असार २२ गतेदेखि लगाउन सुरु गरिने भएकाले आफ्नो खोप कार्डसहित नजिकको खोप केन्द्रमा गएर लगाउन सकिनेछ ।
वि.सं.२०७८ असार १५ मंगलवार १५:४५ मा प्रकाशित






























