१६ असार, काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा (मंगलबार) भारतमा ४५ हजार ६४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
त्यसैगरी सोहि अवधिमा ६० हजार २५८ जना निको भएका छन् भने ८१६ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३ हजार पुगेको छ भने सोहि अवधिमा २ करोड ९४ लाख संक्रमणबाट मुक्त भएका छन् ।
कूल संक्रमित मध्ये हालसम्म ३ लाख ९८ हजारले ज्यान गुमाएका छन् भने ५ लाख ३१ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
वि.सं.२०७८ असार १६ बुधवार ११:२८ मा प्रकाशित






























