१६ असार, काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार १६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीसले साधारणभा प्रयोजनको लागि असार १७ गते बुक क्लोज गर्दै छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले असार ३० गते बुधबार साधारणसभा आह्वान गरेको गरेको छ । कम्पनीले सभा प्रधान कार्यालय, नक्साल, काठमाडौंमा असार ३० बिहान ११ बजे गर्ने कम्पनीले बताएको छ । कोभिड जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने समेत कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
वि.सं.२०७८ असार १६ बुधवार ११:५० मा प्रकाशित