back
CTIZAN AD

के ओलीले बोलाएको बैठकमा माधव पक्ष जाला ? निर्णय गर्न बैठक बस्दै

वि.सं.२०७८ असार १७ बिहीवार

798 

shares

असार १७, काठमाडौं । नेकपा (एमाले)को वरिपठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक आज बस्ने भएको छ । माधव पक्षीय नेता बेदुराम भुसालले बताएअनुसार बैठक केहि बेरमा बस्दैछ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा जाने कि नजाने भन्ने टुंगो लगाउन बोलाइएको हो ।

ओलीले सर्वोच्च अदालतले अवैध भनेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बुधबार बैठक राख्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेका थिए । केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको उक्त कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

माधव पक्षका अधिकांश नेताहरु उक्त बैठकमा सहभागी हुनुपर्ने बताईरहेका छन् । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बुधबार संसार न्यूजसँग कुराकानी गर्दै बैठकमा सहभागी हुन आवश्यक भएको बताएकी थिइन् ।

उनले पार्टी एकतालाई बचाउन र ओलीलाई रुपान्तरण गर्नका लागि भएपनि बैठकमा सहभागी हुनुपर्ने धारणा राखेकी थिइन् ।

वि.सं.२०७८ असार १७ बिहीवार ११:३१ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...