back
CTIZAN AD

वर्षाका कारण चार खानेपानीको मुहान पुरिदा तनहुँका दुई हजार घरधुरी प्रभावित

वि.सं.२०७८ असार १९ शनिवार

624 

shares

१९ असार, तनहुँ । अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइप बगाउँदा व्यास– १ र १२ का गरी दुई हजार ५०० उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

धारामा पानी नआएपछि दुई दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर स्थानीय जीविकोपार्जन गर्न बाध्य भएका छन् । वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष अम्मर भण्डारीले जानकारी दिए ।

उक्त खानेपानीको कार्यालयदेखि करीब १३ किलोमिटर लामो दूरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ ।

व्यास–१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेबल पुल बगाएपछि तत्काल मर्मतसम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । । छाब्दी खोलामा आएको बाढीले पुल बगाएकाले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मतसम्भार गर्न सकिने उनले बताए ।

त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करीब ९०० तल पु¥याएको सो समितिले जनाएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड तीन लिटर क्षमता रहेको छ ।

त्यसैगरी छाब्दी खोला किनारस्थित दुई स्थानबाट पानी पम्पिङ गरिए पनि बाढीले विद्युत्को पोल ढलेका कारण पानी तान्न नसकिएको सो संस्थाले जनाएको छ । उक्त दुई पम्पिङ योजनाबाट प्रतिसेकेन्ड आठ लिटर पानी क्षमता रहेको छ ।

भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चारवटै मुहानबाट गरी प्रतिसेकेन्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्ताहरुलाई वितरण गर्दै आएकामा अहिले बन्द भएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । विद्युत् लाइन अवरुद्ध हुँदा मोटर चलाउन नसक्दा पानी पम्पिङ गर्न सकिएको छैन । उनले भने, “खानेपानीका सबै मुहान बाढीपहिराले पूर्ण रुपमा क्षति हुँदा जनजीवन प्रभावित भएको छ ।”

पुन: सञ्चालन डुम्रे–बेँसीशहर सडक खण्ड

पहिरो खस्दा अवरुद्ध बनेको डुम्रे–लमजुङ बेँसीशहर खण्ड पुन ः सञ्चालन भएको छ । शुक्रबार रातभर परेको अविरल वर्षाका कारण भानु नगरपालिका–१ स्थित रमाइलो डाँडामा पहिरो जाँदा पुन ः सडक अवरुद्ध भएको थियो ।

बिहान ६ः०० बजे अवरुद्ध उक्त मार्ग करीब पाँच घण्टापछि एकतर्फी खुलाइएको छ । दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहानदेखि अवरुद्ध बनेको उक्त सडक खण्ड शुक्रबार साँझ ५ः०० बजे करीब ४५ घण्टापछि पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

भानु नगरपालिकामा पर्ने भन्सार, रमाइलो डाँडा, अँधेरीखोला, खहरे, चामवास, तुरतुरे र पाँचसय फाँट लगायतका धेरै स्थानमा पहिरो जाँदा लामो समय खर्चिनु परेको उनले बताए ।

वि.सं.२०७८ असार १९ शनिवार १४:०७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...