back
CTIZAN AD

आन्तरिक हवाई उडान पूर्णरुपमा खोल्ने सरकारी निर्णय

वि.सं.२०७८ असार २३ बुधवार

786 

shares

२३ असार, काठमाडौं । सरकारले आन्तरिक उडान पूर्णरुपमा खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले हाल ५० प्रतिशत क्षमतामा भइरहेको उडान संख्यालाई बढाएर शतप्रतिशत बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले निर्णय गरेसँगै नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलहरुलाई पूर्णं रुपमा उडान खोल्न निर्देशन दिइसकेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताएअनुसार सरकारको निर्णय लगत्तै प्राधिकरणले उडान सञ्चालनमा ल्याउन विमानस्थलहरुलाई निर्देश गरेको छ ।

‘सरकारको निर्णयसँगै विमान कम्पनीहरुको मागअनुसार उडान थप गर्नका लागि विमानस्थलहरुलाई निर्देशन दिइसकिएको छ’ पोखरेलले भनेका छन्, ‘विशेष गरी बाढी पहिरोका कारण कैयन यात्रुलाई सडकमार्फत् यात्रा गर्न कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै उडान थप गरिएको हो ।’

हाल सरकारले ५० प्रतिशत उडान कटौती गरेको छ । जसका कारण हाल काठमाडौंबाट दैनिक विभिन्न गन्तव्यका लागि ६५ वटा उडान भइरहेको छन् । पूर्णरुममा उडान सञ्चालन हुँदा दैनिक उडान संख्या १६५ सम्म पुग्छ ।

वि.सं.२०७८ असार २३ बुधवार १२:०७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...