back
CTIZAN AD

के हो भीम रावल र रअका प्रतिनिधिबीचको भेटको चर्चा ?

वि.सं.२०७८ असार ३० बुधवार

645 

shares

असार ३०, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग गत असार २० मा भेटेको चर्चा गलत भएको भन्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै उनले समाचारहरु मनगढन्ते भएको भन्दै खण्डन गरेका हुन् ।

उनले आफुँविरुद्व तथ्यविपरीत, सुनियोजित र प्रयोजित किसिमले समाचार बनाइएको पनि आरोप लगाएका छन् । रावलले उक्त समाचारहरु प्रमाणित गरेर देखाउन पनि सञ्चार माध्यमहरुलाई चुनौति दिएका छन् ।

केहि सञ्चार माध्यमले गत असार २० को राती नेता भीम रावल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरबाट बाहिरिए लगत्तै रअका प्रतिनिधिसँग छलफल गर्न मेरियट होटेल पुगेको समाचार प्रकाशित गरेका थिए । सञ्चार माध्यमका अनुसार उक्त रात झण्डै आधा घण्टा रअका प्रतिनिधिसँग रावलले गोप्य भेटघाट गरेका थिए ।

तर, उक्त समयमा आफ्नै निवास टोखामा गएको रावलको दाबी छ । टोखास्थित आफ्नै निवासबाट खाना खाएर उक्त रातको पौने ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेको दाबी रावलले गरेका छन् ।

उनले असार २७ कै दिन किन समाचार सार्वजनिक गरियो भनि पनि प्रश्न गरेका छन् । एमाले विभाजन गराउन लागिपरेका तत्व आफुँविरुद्व लागेको आरोप रावलको छ ।

यसैबीच एमाले कार्यदल सक्रिय बनाएर विवाद समाधानका निम्ति जुट्दा अन्य राजनीतिक दलका नेताहरुले आफुँलाई धम्की र दबाब दिएको कुरा उनले बताएका छन् । उनका अनुसार एमाले एकताको प्रयासमा जुट्दा बाह्य दबाब निकै आएको थियो ।

‘मेरोविरुद्व उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले)लाई विभाजनबाट रोक्नको लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई दवाव र धम्कियुक्त फोनको स्मरण हुन्छ’, रावलले भनेका छन्, ‘नेकपा (एमाले) कतै विभाजनबाट रोकिने पो भयो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो पनि लाग्छ ।’

No description available.

एक अर्को प्रसंगमा, नेता रावलले आफुँलाई अध्यक्ष ओलीले कार्यबाहक अध्यक्ष दिने प्रस्ताव गरेको चर्चा पनि गलत भएको बताएका छन् । उनले राजनीतिक रुपमा केहि अडानहरु राखेपनि ओलीले त्यस्तो प्रस्ताव नगरेको दाबी गरेका छन् ।

तर, अस्वभाविक देखिन्छ रावलको सक्रियता

नेकपा (एमाले)को विवाद उत्कर्षमा पुगेको बेला दुवै पक्षलाई समेटेर गत जेठ २ मा १० सदस्यीय कार्यदल गठन भएको थियो । तर, एमाले विवाद समाधान गर्न कार्यदल सक्रिय भएको छोटो समयमै पार्टी अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक असंवैधानिक कदम चाल्दै प्रतिनिधि सभा विघटन गराएका थिए । संसद विघटनसँगै एमाले कार्यदल निष्क्रिय बनेको थियो ।

तर, निकै लामो राजनीतिक उथलपुथलपश्चात र प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई सकिएको अवस्थामा झण्डै डेढ महिना पछि अस्वभाविक रुपमा असार २१ मा कार्यदल सक्रिय भएको थियो । अस्वभाविक रुपमा कार्यदल सक्रिय हुनु र ओली कदमका रुखो आलोचक भीम रावल पार्टी एकताको पक्षमा सक्रिय देखिनुप्रति धेरैले प्रश्न उठाएका छन् ।

यस्ताे छ रावलकाे विज्ञप्ती

वि.सं.२०७८ असार ३० बुधवार १२:२२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...