back
CTIZAN AD

आजदेखि दाङमा भेरोसेल खोप लगाइँदै

वि.सं.२०७८ साउन ३ आइतवार

645 

shares

३ साउन, देउखुरी । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, “स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।”

अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ ।

त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार ११:४२ मा प्रकाशित

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

सत्तरी वर्षमा नागरिकता पाइन् राममायाले

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...