back
CTIZAN AD

क्षेत्रिय सभापतिमा श्याम खड्काको उम्मेदवारी घोषणा

वि.सं.२०७८ साउन ५ मंगलवार

714 

shares

५ साउन, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

यसैबिच काठमाडौं जिल्ला क्षेत्र नं. ५ को नेतृत्व लिन स्थानिय नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस महासमिति सदस्य श्याम खड्काले आगामी अधिवेशनका लागि क्षेत्रिय सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।

कांग्रेसले क्रियाशिल सदस्यता टुंगाएर अधिवेशनको औपचारिक प्रक्रिया आरम्भ हुनै लाग्दा १३ औं महाधिवेशन अन्र्तगत निर्वाचित इकाई सभापतिहरुको भेला बोलाएर खड्काले उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा कार्यक्रममा खड्काले आफ्नो उम्मेदवारी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।
उक्त क्षेत्रमा संघ, प्रदेश र स्थानिय तहमा कांग्रेस पराजित भएकाले पार्टी पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको खड्काले बताए ।

क्षेत्रिय सभापतिमा खड्का सहित अन्य आकांक्षीहरुले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । लगातार दुई पटक क्षेत्रिय सभापति रहेका रमेश खड्का तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने तयारीमा रहे पनि औपचारिक घोषणा भने गरिसकेका छैनन् । उनी प्रदेश सांसदमा पराजित उम्मेदवार हुन ।

No description available.

क्षेत्रिय कार्यसमितिका सचिव जनकराज श्रेष्ठ पनि सभापतिका आकांक्षी देखिएका छन् । लगातार दुई कार्यकाल सचिव रहेका श्रेष्ठ बसुन्धरामा सम्पर्क कार्यालय खोले पनि उम्मेदवारीका औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

पार्टी महाधिवेशन प्रतिनिधि मनिष जोशीले पनि क्षेत्रिय सभापतिमा आकांक्षा प्रकट गरेका छन् । गएको निर्वाचनमा प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार रहेका जोशीले पनि औपचारिक घोषणा भने गरिसकेको छैनन् ।

कांग्रेसकै युवा नेता राजेश अधिकारीले पनि क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । सामाजिक सञ्चालन र सञ्चार माध्यमबाट अधिकारीले क्षेत्रिय नेतृत्व लिन चाहेका बताएका छन् । उनी काठमाडौं महानगरपालिका वर्डा नं. ३ का ईकाई पूर्व सभापति हुन ।

वि.सं.२०७८ साउन ५ मंगलवार १७:४४ मा प्रकाशित

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ...

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा...

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...